कीवर्डहरू -

रक्तदान गर्ने व्यक्तिलाई पठाओको निःशुल्क राईड

रक्तदान गर्ने व्यक्तिलाई पठाओको निःशुल्क राईड

जीवन बचाउन रक्तदान गर्ने व्यक्तिलाई निःशुल्क सवारी यात्रा गराउन पठाओ र हाम्रो लाइफ बैँकको सहकार्य बिच सहकार्य भएको छ । रक्त दान गर्नलाई प्रोत्साहित गर्न निःशुल्क राईड दिने सहकार्य भएको हो ।

यो सहकार्यसँगै काठमाडौँमा रगतको आपतकालिन समयमा दाताले निःशुल्क नै रगत दिने ठाउँ ब्लड बैँक या अस्पताल सम्म र त्यहाँबाट आफ्नो घर सम्मका लागि राईड पाउनेछन् ।

पठाओले हाम्रो लाइफ बैँकको पहल ‘रगत चाहियो ब्लड हटलाइन’ लाई साथ दिदै यो सुविधा ल्याएको हो ।  हटलाइनको मार्फत आपतकालिन समयमा रगत दिन इच्छुक हुनेका लागि यो विशेष अफर ल्याइएको हो ।

यो सहकार्यले रगत दिनेलाई पनि सहज हुनेछ र रगतको खाँचो भएको परिवारले पनि दाताको आवतजावतको चिन्ता गर्नुपर्दैन् ।

धेरैजसो रगत खाँचो भएको व्यक्तिले आफ्नो आफन्त वा सामाजिक सञ्जालबाट माग्छन् । यो उपायले धेरैहद सम्म सफल पनि हुन्छ तर कहिलेकाही कोही नपाएको पनि हुन सक्छ ।

नेपाली जनताहरु अझै पनि ब्लड बैंकको बारेमा त्यति सर्तक छैनन् जसले गर्दा आपतकालिन समयमा समस्या सिर्जना हुन सक्छ । यही कारणले सन् २०२० को सुरुमा हाम्रो लाइफ बैँकले रगत चाहियो ब्लड हटलाइन सेवाको सुरुवात गरेको हो ।

यसले रगत व्यवस्थापन गर्नलाई एकदमै मद्दत पु¥याएको छ । यही पहललाई सहयोग गर्दै पठाओले दुई चोटि आवतजावत गर्न निःशुल्क राईड दिने भएको हो ।

हाम्रो लाइफ बैँककी प्रमुख कार्यकारी अधिकृत रुमी सिंघले हाम्रो लाइफ बैँकले पठाओ जस्तो विश्वसनीय कम्पनीसँग सहकार्य गर्न पाउँदा एकदमै खुशी रहेको र यसले धेरै जीवनहरुलाई सकारात्मक रुपमा प्रभाव पार्ने विश्वास रहेको बताइन् ।

यो सहकार्यले खाँचो भएको ब्लड ग्रुप खोज्न अझै सजिलो बनाउने पनि उनले बताइन् ।