कीवर्डहरू -

वैज्ञानिकहरूले फेला पारे सबैभन्दा ऊर्जावान प्रकाश

वैज्ञानिकहरूले फेला पारे सबैभन्दा ऊर्जावान प्रकाश

वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्म देखिएको सबैभन्दा ऊर्जावान प्रकाश भेटाएका छन् । यसको पछाडिको रहस्य के छ भनेर वैज्ञानिकहरूलाई पत्ता लगाउन अझै पनि केही समय लाग्नेछ ।

साइन्सन्युज रिपोर्टका अनुसार यो  प्रकाश दर्जनौँ गामा रे ‘हटस्पट’ बाट आएको हो र यो प्रकाशको धेरैजसो ऊर्जा १.४ क्वाड्रिलियन विद्युतिय भोल्टबाट आउने भनेर चीनमा आधारित लार्ज हाई एल्टिट्युड एयर सावर अर्भजरभेटरी प्रयोग गर्ने समूहले पत्ता लगाएका हुन् ।

यो अन्वेषणले मिल्की वे ग्यालेक्सी इलेक्ट्रन र प्रोटोनलाई एकदमै स्पीडमा जानलाई बुस्ट गर्ने पार्टिक्ल एक्सीलेरेटरले भरिएको छ भन्ने देखाउँछ ।

यो ऊर्जावान प्रकाश नेबुला र स्टार नर्सरीले बनाएको भन्ने अनुमान लगाइएको छ । यसले अरु अन्वषेणहरु पनि निम्त्याउने विश्वास गरिएको छ । यी खोजहरुले ब्रह्माण्ड कसरी चल्छ भन्ने थाहा हुन् सक्छ ।