कीवर्डहरू -

ई-कमर्स कम्पनी इन्फी स्टोरमा ७९ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

ई-कमर्स कम्पनी इन्फी स्टोरमा ७९ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

नेपाली ईकमर्स कम्पनी इन्फी स्टोर ले ७९ जना कर्मचारी मागेको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै ७९ जना कर्मचारी मागेको हो ।

इन्फी स्टोरले मार्केटिङ एक्जुक्युटिभमा २ जना, कल सेन्टर एजेन्ट १० जना, डेलिभरी एजेन्ट ४० जना, सोसल मिडिया ह्यान्डिल ५ जना, ग्राफिक डिजाइनर २ जना, पिकिङ एण्ड सर्टिङ एजेन्ट ५ जना र डेभलपर ५ जना मागेको हो ।

माथिका यी पदमा इच्छुक व्यक्तिले आफ्नो सिभी [email protected] मा पठाउन सक्ने छन् । इन्फी स्टोरबाट हेलमेट, बाईक तथा कारका एक्सेसरिज, बुक, विद्युतीय सामान, फलफुल, बेबी फुड, लिक्वीयर, कसमेटिक प्रडक्ट, आयुर्वेदिक औषधि लगायतका सामानहरु अनलाइन अर्डर गर्न सकिन्छ ।

\"\"