कीवर्डहरू -

आर्मको पहिलो भि नाइन सीपीयु अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने

आर्मको पहिलो भि नाइन सीपीयु अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने

आर्मको पहिलो भि नाइन सीपीयु फोनका लागि मात्रै नभएर कम्प्युटरका लागि पनि निर्माण गरिएको छ । कम्पनीले नयाँ कर्टेक्स सिपियु ल्याएको छ जसले ल्यापटप, कम्प्युटर, स्मार्टफोन र वेयेरेबललाई पावर गर्न सक्छ ।

यसको नाम आर्म कर्टेक्स–एक्स टू हो जसले प्रिमियम स्मार्टफोन देखि ल्यापटपलाई पावर गर्न सक्छ । यसले एन्ड्रोइड फोनहरुलाई ३० प्रतिशत राम्रो पर्फर्मेन्स दिने गर्दछ ।

आर्मले वेयेरेबलका निम्ति कर्टेक्स ए फाइभ १० ल्याएको हो । यसले घडीमा ३५ प्रतिशत राम्रो परफोरमेन्स दिने गर्दछ ।

यी चिपहरु सन् २०२३ सम्ममा ६४ बिटको हुने कम्पनिले बताएको छ । आर्मको नयाँ प्रविधि प्रयोगमा आउन अझै पनि केही समय लाग्ने कम्पनीले बताएको छ ।