कीवर्डहरू -

टेलिकम र आईएसपीमा निजी क्षेत्र आएपछि त्यसले फड्को मारेको होः मंगेश लाल श्रेष्ठ

टेलिकम र आईएसपीमा  निजी क्षेत्र आएपछि त्यसले फड्को मारेको होः मंगेश लाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको आइसिटी डेभलपमेन्ट कमिटीका अध्यक्ष मंगेश लाल श्रेष्ठले टेलिकम र आईएसपी (इन्टरनेट सेवा प्रदायक) मा  निजी क्षेत्र आएपछि त्यसले फड्को मारेको बताएका छन् ।

शनिबार आयोजित डिजिटल संवादमा बोल्दै अध्यक्ष श्रेष्ठले नेपालको टेलिकम र आईएसपीमा नीजी क्षेत्र आएपछि त्यसले फड्को मारेको बताएका हुन् ।

‘यदी  निजी क्षेत्र टेलिकम र आईएसपीमा नआएको भए नेपालमा यति एक्पोनेनसियल रूपमा जाने थिएन्,’ श्रेष्ठले भने ।

उनले नेपालमा भर्खर आइसिटीलाई उद्योगको रूपमा चिन्न थालिएको र अझै पनि आइसिटीलाई उद्योग भन्न गार्‍हो भइरहेको बताएका थिए ।