कीवर्डहरू -

एप्पलले सार्वजनिक गर्‍यो आईओएस १५, फेस टाइम, मेसेज र नोटिफिकेसन स्मार्ट बनाउने

एप्पलले सार्वजनिक गर्‍यो आईओएस १५, फेस टाइम, मेसेज र नोटिफिकेसन स्मार्ट बनाउने

आईओएस १५ ले फेस टाइम, मेसेज र नोटिफिकेसनलाई अझै स्मार्ट बनाउने भएको छ । कम्पनीले हिजो डेभलपर कन्फेरेन्समा आईओएस १५ सार्वजनिक गरेको हो । यो ओएस अपडेटले गर्दा मेसेज, फोटो, म्याप र नोटिफिकेसनमा थुप्रै अपडेटहरु आउने छन् ।

फेसटाइमलाई पनि कम्पनीले उन्नत बनाएर अझै वास्तविक बनाउने बताएको छ । कलमा बोलिरहको साथीको आवाज एकदमै प्रष्ट आउनेछ र यसमा नोइज रिडक्सन फिचर पनि हुनेछ जसले कुनै अरु आवाज आईरहेको समयमा म्यूट गर्न दिनेछ ।

आफ्नो कलरले अरु वरिपरीको सबै आवाज सुनाउन भने कम्पनीले वाईड स्पेक्ट्रम मोड ल्याउने छ । कलमा प्रोट्रेट मोड राखेर ब्याकग्राउण्डलाई धमिलो पनि बनाउन सकिन्छ । यसले तपाईको अनुहार बाहेकको सबै ब्लर गरिदिन्छ ।

शेयरप्लेले प्रयोगकर्तालाई कलको समयमा पनि भिडियो हेर्न दिनेछ । त्यस्तै पिक्चर इन पिक्चर सपोर्टका कारणले फिल्म हेर्दाहेर्दै फोनमा अरु काम पनि गर्न मिल्ने हुनेछ ।

एप्पलले सेयरप्ले एपिआई पनि ल्याउने भएको छ जसले गर्दा सेयरप्लेको फिचर डिज्नी प्लस, हुलु, एचबिओ म्याकस, ट्वीच, टिकटक, प्यारामाउण्ट प्लस जस्ता एपहरुले पनि प्रयोग गर्न पाउनेछन् । त्यस्तै स्क्रीन सेयरको माध्यमले एक अर्काको फोनमा के चलिरहेको छ भनेर पनि हेर्न सकिने छ ।

मेसेजमा पनि अपडेट आउने भएको छ जसले गर्दा साथीहरुले मेसेजमा कुनै फोटो पठाएमा त्यो डिभाइसको एल्बममा सेभ हुनेछ । यसले प्रासगिंक फोटोहरुलाई मात्रै सेभ गर्छ र स्क्रीनसट पठाएको अवस्थामा सेभ गर्दैन् । यसलाई सेयर विथ यू फिचर भनिन्छ ।

सेयर विथ यू फिचर एप्पल म्यूजिक र एप्पल टिभीसँग पनि काम गर्नेछ जसले गर्दा साथीहरुले कुनै गीत वा शो पठाएमा त्यो पिन भएर बस्ने गर्दछ ।

नेटिफिकेसनमा पनि एप्पलले परिवर्तन ल्याउने भएको छ । अब जुन एपबाट नेटिफिकेसन आउँछ त्यो एपको आइकन ठूलो बनाएर डिभाइसले नोटिफिकेसन देखाउनेछ ।

त्यस्तै नेटिफिकेसन सम्मरीले तपाईले कुनकुन नेटिफिकेसन छुटयाउनु भएको छ भन्नेबारे स्नापसट दिएर जानकारी दिनेछ ।

यसले प्रयोगकर्ताको सबैभन्दा बढी मनपर्ने एपको आधारमा नोटिफिकेसन देखाउनेछ । धरै नोटिफिकेसन आईरहेको अवस्थामा आईओएसले फोकस मोड अन गर्न पनि दिनेछ ।

यसमा वर्क, स्लीप र पर्सनल भन्ने अप्सनहरुबाट एउटा छान्न सकिने कम्पनीले बताएको छ । डू नट डिस्टर्ब मोडले कुनै पनि नोटिफिकेसन आउन दिदैन् ।

यस्तो मोड अन गरेको बेलामा मेसेजले प्रयोगकर्ता अहिले उपलब्ध हुन सक्दैनन् भनेर जानकारी दिनेछ । यी मोडहरु आईफोन, आईप्याड, म्याकबुक र एप्पल वाचका लागि पनि उपलब्ध हुने छन् ।

यसमा लाइभ टेक्स्टको फिचर पनि ल्याउने छ जसले क्यामेरामा देखाईरहेको कुरामा शब्दहरुलाई हाईलाईट गर्न दिनेछ । यहाँबाट टेक्सट कपी गरेर कतै अन्त लगि पेस्ट गर्न सकिन्छ ।

यो फिचर तपाईको फोनमा पहिले देखिनै भईरहेको पिक्चर वा स्क्रीनसटको निम्ति पनि काम गर्नेछ । लाइभ टेक्स्टले पिक्चरको ठेगाना जस्तो जानकारी पनि पत्ता लगाउन सक्छ ।

एप्पलले मेमोरिज भन्ने फिचर पनि ओएस अपडेटमा ल्याउने छ जसले प्रयोगकर्ताको फोटो र भिडियो क्युरेट र स्टीच गरेर एआई निर्मित होम मूभीहरु बनाउने गर्छ ।

ब्याकग्राउण्ड म्यूजिक राख्नका लागि प्रयोगकर्ताले एप्पल म्यूजिक पनि प्रयोग गर्न सक्नेछन् । त्यस्तै भिडियोमा एनिमेसन गरिएको भिडियो शीर्षक पनि राख्न सकिने भएको छ ।

आईओएस १५ ले गर्दा प्रयोगकर्ताले वालेट एप मार्फत होटेल की पनि पाउन सक्नेछन् । एप्पलले वालेटमा आईडेन्टीटी कार्ड पनि ल्याउने भएको छ । यसले गर्दा एपमा आफ्नो ड्राइभर लाईसेन्स पनि स्कयान गर्न सकिने छ । यो अपडेट प्रयोगकर्ताहरुले सेपेटेम्बर सम्मा पाउने अनुमान लगाइएको छ ।