कीवर्डहरू -

ल्यापटप र मोबाइल चोरी गर्ने एक जना पक्राउ

ल्यापटप र मोबाइल चोरी गर्ने एक जना पक्राउ

वीरगंज महानगरपालिका ११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरबाट ल्यापटप तथा मोबाइल लगायतका धनमाल चोरी गर्ने एक जना सोमबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका ६ बस्ने १९ वर्षीय मुन्ना कुमार राम रहेका छन् ।

प्रकाशको घरमा गत बैशाख ७ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा मुन्ना कुमारले घरमा कोही नभएको मौका छोपी चोरी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै उनको घरबाट चोरी भएको १ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

उनी उपर चोरी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।