कीवर्डहरू -

सेयर बजारको चर्चा ट्विटरमा, ‘नेप्से’ नेपाल ट्रेन्डिङमा 

सेयर बजारको चर्चा ट्विटरमा, ‘नेप्से’ नेपाल ट्रेन्डिङमा 

बुधबार ट्विटर नेपाल ट्रेडिङमा 'नेप्से' पुगेको  छ ।  मंगलबार र बुधबार ह्यासट्याग नेप्सेमा हजारौं ट्विट भएका छन् ।

मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा शंकास्पद कारोबार भइरहेको भन्दै ति कम्पनी नकिन्न लगानीकर्तालाई अनुरोध गरेसँगै समाजिक सञ्जालमा सेयर बजारको चर्चा चुलिएको छ ।
बुधबार सेयर बजार खुलेसँगै बोर्डको निर्णयले पत्यक्ष प्रभाव पार्यो । दोहोरो अंकले बजार गिरावटसँगै ट्विटरमा यसको चर्चा पनि बढेको छ ।

बुधबार ह्यासट्याग नेप्से #NEPSE ट्विट नेपालको ट्रेडिङमा पुगेको छ । ट्विटरमा अधिकांसले बोर्डको निर्णयलाई गलत भन्दै विरोध गरिरहेका छन् भने कतिले सेयर बजारमा चलखेल भएको भन्दै सजक हुने बेला भएको बताएका छन् ।

धेरैको धारणा नियामक निकायले ५१ कम्पनी तोकेर नै यिनीहरुको सेयर नकिन्नु भन्नु गलत भएको बताएका छन् ।

मंगलबारको बोर्डको निर्णयसँगै बुधबार अधिकांसले सेयर बेच्ने लाइनमा देखिएका छन् । ‘नराम्रा भनिएका एक दुई गोटा कम्पनी फालियो । अब के किन्ने पनि सेबनले भनिदिने हो कि, रोशन सेधाईले ट्विट गरेका छन् ।

‘कतिले अहिले प्यानिक भएर बेच्नेहरु पछि पछुताउने छन्’ छन् भन्दै ट्विट गरेका छन् ।