कीवर्डहरू -

भिडियो बनाएर अनलाइन कक्षाको अनुभव शेयर गर्दा सय रुपैयाँ, विजेतालाई ल्यापटपसहित थप पुरस्कार 

भिडियो बनाएर अनलाइन कक्षाको अनुभव शेयर गर्दा सय रुपैयाँ, विजेतालाई ल्यापटपसहित थप पुरस्कार 

वेदले खल्तीसँगको सहकार्यमा हातहातमा शिक्षा अभियान ल्याएको छ । विद्यार्थी र शिक्षकलाई लक्षित गरी वेदले हातहातमा शिक्षा अभियान शुरू गरेको हो ।

विद्यालयलाई डिजिटाइज बनाउन सिस्टम उपलब्ध गराउँदै आएको वेदको अभियान फेसबुकमा बुधबारदेखि एक महिनासम्म चल्नेछ ।

यस अभियानमा सहभागी हुने शिक्षक तथा विद्यार्थीले अनलाइन कक्षाको अनुभवसहित ३० सेकेन्ड लामो भिडयो बनाउनुपर्ने छ । जसलाई सबैले देख्ने गरी (पब्लिक रूपमा) आफ्नो फेसबुकमा शेयर गर्नुपर्नेछ ।

वेदको फेसबुक पेज लाइक तथा फलो गरी भिडियो पोष्ट गर्दा #HaatHaatmaShikshya #Veda #Khalti ह्यासट्याग राख्नु पर्ने वेदले जनाएको छ ।

भिडियोबाट आफ्नो अनुभव शेयर गर्ने सबै सहभागीले खल्ती वालेटमा सय रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । साथै उत्कृष्ट हुनेलाई ल्यापटप सहित लाखौं मूल्यका आकर्षण पुरस्कार प्रदान गरिने छ ।

वेद गुरु (उत्कृष्ट शिक्षक) – एक जना शिक्षकलाई ५० हजार बराबरको ल्यापटपसँगै ४ जना शिक्षकलाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स प्रदान गरिनेछ । तर, यो पुरस्कारका लागि वेद सिस्टम प्रयोग गर्ने शिक्षक हुनुपर्नेछ ।

फ्युचर लिडर (उत्कृष्ट विद्यार्थी)– एक जना विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको ल्यापटप र ४ जनालाई खल्ती वालेटमा पाँच हजार रुपैयाँ ब्यालेन्स पुरस्कार दिइनेछ ।

न्यु अन दि ब्लक पुरस्कार– उत्कृष्ट शिक्षक (वेद सिस्टम प्रयोग नगर्नेलाई) ५० हजार रुपैयाँ मूल्य पर्ने वेदको सब्स्क्रिप्सन एक वर्षको लागि निःशुल्क, साथमा खल्ती वालेटमा १० हजार रुपैयाँ प्रदान गरिने छ ।