कीवर्डहरू -

विन्डोज ११ कसरी डाउनलोड गर्ने ? 

विन्डोज ११ कसरी डाउनलोड गर्ने ? 

माइक्रोसफ्टले विन्डोज ११ सार्वजनिक गरेको छ । विन्डोज ११ ओएस विन्डोज १० का प्रयोगकर्ताले निःशुल्क पाउनेछन् । चाँडैनै यो अपडेटले प्रयोगकर्ताहरुले प्रयोग गर्न पाउनेछन् ।

यसको बेटा भर्सन भने यही हप्ता देखिनै उपलब्ध हुनेछ । गत बिहीबार भएको भर्चुअल कार्यक्रममा माइक्रोसफ्टले यसको घोषणा गरेको हो । तपाईको विन्डोज १० पिसी विन्डोज  ११ इन्स्टल गर्न मिल्ने छ की छैन् भनेर कसरी हेर्ने ।

यसको लागि प्रयोगकर्ताहरुले विन्डोज डट कममा गएर पिसी हेल्थ चेक एप डाउनलोड गर्नुपर्छ ।

डाउनलोड गरेर इन्स्टल गरेपछि तपाईले प्रयोग गर्ने कम्प्युटरमा विन्डोज ११ चल्छ की चल्दै भनेर निश्चित गर्न सकिन्छ ।

रिलिजको समयमा तपाईले नयाँ डिभाइस किनेमा त्यो पनि विन्डोज  ११ का लागि उपयुक्त हुन्छ ।

अब ओएस उपलब्ध भएपछि डाउनलोड कसरी गर्नेबारे छलफल गरौँ । विन्डोज ११ ओएस उपलब्ध भएपछि यसलाई पनि ओएसको अरु भर्सन जसरीनै डाउनलोड गर्ने हो ।

यसका लागि तपाईले सेटिङ्ग मा गएर अपडेट एण्ड सेक्युरिटी मा जानुपर्छ र त्यसपछि विन्डोज अपडेट मा गएर चेक फर अपडेट्स भन्ने अप्सनमा क्लिक गर्नुपर्छ ।

उपलब्ध भएपछि फिचर अपडेट टू विन्डोज ११ भन्ने अप्सन पनि हुनेछ र त्यसमा थिचेर डाउनलोड एण्ड इन्स्टल मा क्लिक गर्नुपर्छ ।

विन्डोज ११ को बेटा भर्सन यही हप्ता विन्डोज इन्साइडरका लागि उपलब्ध हुने भए पनि त्यसको सार्वजनिक बेटा भर्सन जुलाईमा आउनेछ ।

त्यस कारण कारणले यही ओएस जाँच गर्न चाहनुहुन्छ भने  प्रमुख डिभाइसमा भन्दा अरु कुनै डिभाइसमा जाँच गर्नु उपयुक्त हुन्छ ।