कीवर्डहरू -

आउनुहोस्, सँगै यात्रा गरौं ‘नबिल स्मार्ट’ बैंकमा 

आउनुहोस्, सँगै यात्रा गरौं ‘नबिल स्मार्ट’ बैंकमा 

मोबाइलको रिचार्ज कार्ड पसलमा किनेर सिक्काले घोट्न छोडेको धेरै भइसकेको छ। आजभोलि मैले यस्ता दृष्य देखेको पनि छैन।

अझ बिजुलीको बिल तिर्न लाइन लागेर बस्नु पर्ने, हवाइजहाजको टिकट किन्न ट्राभल कम्पनीलाई भन्नु पर्ने दिन गइसकेका छन् ।
अब हाम्रै हातमा धेरै सुविधा आइसकेका छन्, जसको प्रयोग गर्ने हो भने हाम्रो जीनवशैली सहज हुनेमात्र होइन आर्थिक र समयको बचत पनि हुन्छ ।
हाम्र्रै पुस्तामा आएका यिनै परिवर्तन र सुविधाहरु हामीले नै किन प्रयोग गर्ने त ? त्यसैले मैले आज तपाईंहरुलाई घरमै बसिबसी कसरी मोबाइल बैंकिङ चलाउने भनेर भन्न गइरहेको छु ।
अझ म चाहन्छु, तपाईं र म एउटा एपमा सँगै यात्रा गरौं । जहाँबाट हामीले मोबाइल बैंकिङ कसरी चलाउने भन्ने बारेमा प्रस्टरुपमा थाहा पाउने छौं ।
त्यसो हो भने आउनुहोस्, सँगै यात्रा गरौं स्मार्ट नबिल बैंकमा । अर्थात यो हो, नबिल बैंकले आफ्ना ग्राहकलाई मोबाइलबाट सकेसम्म धेरै सुविधा दिने भनेर बनाएको मोबाइल एप हो, ‘नबिल स्मार्ट’ ।

तपाईंले नबिल बैंकको खाता चलाउनु भएको छ भने पक्कै पनि नबिल स्मार्ट एप चलाइरहनु भएको होला । यदि छैन भने पनि धन्दा मान्नु पर्दैन, मैले यसको प्रयोग कसरी सुरु गर्ने भन्नेदेखि नै नबिल स्मार्ट बैंकको यात्रा सुरु गर्दैछु ।

हामीलाई थाहा नै छ, नबिल स्मार्ट एप चलाउन निबल बैंकको खाता चाहिन्छ ।  नबिल बैंकको खाता खोलेर मोबाइल बैंकिङ ‘एक्टिभेट’ गरेपछि तपाईंको मोबाइलमा एउटा एसएमएस आउँछ । त्यो एसएमएससंँगै नबिल स्मार्ट एप डाउनलोड गर्न गुगल प्लेस्टोरको लिंक पनि आउँछ । त्यहाँ क्लिक गर्ने बित्तिकै सिधै गुगल प्लेटस्टोर एपमा पुग्छ ।

एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट ‘नबिल स्मार्ट बैंक’ त्यहाँबाट एप डाउनलोड गर्ने । आइओएसको लागि एप्पल एप स्टोरबाट यो डाउनलोड गर्न सक्नुहुन्छ । एप सञ्चालन गर्न के के गर्नुपर्ला भनेर आत्तिनु पर्दैन । तपाईंले एसएमएसबाट प्राप्त गरेको खाता नम्बर र तपाईंको मोबाइल नम्बर हालेर अकाउन्ट खोल्न सक्नुहुन्छ ।

अब तपाई नबिल स्मार्ट बैंकको यात्रा गर्न तयार हुनुभयो । यसमा के–के फिचर छन्  र कसरी प्रयोग गर्ने ? हामी सँगसँगै हेर्दै जानेछौं ।

एप खोल्ने बित्तिकै तपाईंलाई लगइन गर्ने अप्सन आउँछन् । एकैछिनमा लगइन गरौंला । त्योभन्दा पहिला लगइन नगर्दै के–के गर्न सकिन्छ, त्यस बारेमा जानकारी लिऊँ ।

तपाईंले देखिसक्नुभएको छ, माथिल्लो भागमा रेभिन्युसहित १६ वटा विभिन्न अप्सन छन् । रेभिन्युबाट तपाईंले सरकारको लागि तिर्नु पर्ने कर, राजश्व तिर्न सक्नुहुन्छ । \"\"

त्यसपछि ‘इलेक्ट्रिसिटी’ अप्सन छ । यहाँबाट बिजुलीको बिल तिर्न सक्नुहुन्छ । त्यसपछि क्रमशः हवाइ जहाजको टिकट काट्न ‘एयरलाइन्स’, खानेपानी, इन्टरनेटको बिल तिर्न आइएसपी, टिभीको तिर्न टिभी पेमेन्ट, इन्स्योरेन्स प्रिमियम, सेयर कारोबारको लागि क्यापिट, इएमआई, बसको टिकट, केबल कार, फिल्म, ट्राभल, सामाजिक सुरक्षा कोष, विभिन्न अफरका साथै सबै स्कुल कलजेका जस्ता युटिलिटी बिल पेमेन्ट गर्न सकिने अप्सनहरु रहेका छन् ।

माथि देब्रे साइडमा क्यालेन्डर छ । बायाँ साइडमा भने क्युआर कोड राखिएको छ भने त्यसैको साइडमा एसएमएस भन्ने छ । एसएमएसबाट सामान्य जानकारी, फन्ड ट्रान्सफर, मोबाइल टपअप, इसेवा टपअप जस्ता कार्यहरु गर्न सकिन्छ ।
अब हामी एपभित्र छिरौं । एपभित्र छिर्नको लागि दुई अप्सन छन् । एक, तपाईंको फोन नम्बर र पासवर्ड हालेर भित्र छिर्न सक्नुहुन्छ । यसको सट्टा फिङगर प्रिन्ट पनि प्रयोग गर्न सक्नुहुन्छ ।

ढोका खोलेर भित्र छिरेपछि विभिन्न फिचर देख्नु भयो होला । माथि देब्रो कुनामा यसको मेनु बार छ । त्यहाँ पनि विभिन्न अप्सन छन् । त्यसलाई पनि हामीले एक एक गरेर हेर्ने छौं ।

माथि भागमा तपाईंको नाम, अकाउन्ट नम्बर, खातामा व्यालेन्स पनि देख्न सकिन्छ । तपाईंले यहाँ क्लिक गर्दा तीनवटा अप्सन देख्नु भयो होला ।

अथवा, तल ‘माइ अकाउन्ट’बाट पनि सोही ठाउँमा पुग्न सकिन्छ । पहिलो छ, फन्ड ट्रान्सफर। यसबाट तपाईंले अर्को कुनै बैंकमा पैसा भुक्तानी गर्न सक्नुहुन्छ । नेपाल राष्ट्र बैंकले तोकिदिएको रकमअनुसार २ लाखसम्म यसबाट पैसा अरुलाई पठाउन सक्नुहुन्छ।

सँगै अर्को अप्सन छ ‘पेमेन्ट’ । पेमेन्टभित्र युटिलिटी बिल पेमेन्ट र टपअप भन्ने अप्सन छन् । युटिलिटी बिल पेमेन्टबाट विभिन्न कार्ड प्रयोग गरेर बिल तिर्न सक्नुहुन्छ ।

अर्को अप्सन छ, ‘टपअप’ । यहाँबाट एनसेल, नेपाल टेलिकम, स्मार्टसेल, एडिएसएल, डिसहोम, सिम टिभी सबैको सूचि नै बनाएर राखिएको छ । यहाँबाट तपाईंले चाहेको सेवा छान्न सक्नुहुन्छ ।

त्यस्तै, तेस्रो अप्सनका रुपमा ‘स्टेटमेन्ट’ पनि छ । जहाँबाट तपाईंले बैंकको स्टेटमेन्ट हेर्न सक्नुहुन्छ ।

‘माइ अकाउन्ट’भित्र खाताको डिटेल छ । जस्तो कि खाता नम्बर, व्यालेन्स सबै आउँछ । अकाउन्ट होल्डरमा थिचेपछि तपाईको खाताको नाम, अकाउन्ट नम्बर, बैंक उल्लेख भएको हुन्छ । यति भएपछि जहाँ खाता नम्बर थाहा हुने भयो ।

हामीले थाहा पाउने अर्को फिचर हो ‘सेयर योर अकाउन्ट’ । माथि ‘एरो’ लगाएको सेयर गर्ने बित्तिकै सेयर अप्सन आउँछ । सेयरमा क्लिक गर्दा तपाईंले कुन सामाजिक सञ्जाल जस्तो कि फेसबुक म्यासेन्जर, ट्विटरदेखि इमेल, भाइबर लगायतका अप्सन यसले देखाउँछ । यसबाट तपाईंले अकाउन्ट जानकारी पठाउन सक्नुहुन्छ, यसको प्रयोग गर्दा आफ्नो सूचना, खाताको विवरण जस्तो कि कहाँ, कसलाई पठाउन लागेको हो भन्ने बारेमा आफूसँग सजग भएर पठाउनुपर्छ ।

अब तपाई होम मै आउनु भयो भने टपअपपछि अर्को अप्सन छ, ‘सेन्ड मनी’ । एक व्यक्तिले अर्को व्यक्तिको खातामा पैसा पठाउँदा त्यहाँ दुईवटा अप्सन छन् । एउटा ‘फोन पे डाइरेक्ट’ भन्ने छ ।

‘फोन पे’ डाइरेक्ट भनेको तपाईंको मोबाइल नम्बर कुनै बैंको खातामा लिंक छ भने त्यो नम्बर हाल्ने बित्तिकै यसले सिधै त्यो अकाउन्ट नम्बरमा पैसा हालिदिन्छ, किनकी त्यो नम्बर कुनै बैंकको खाता नम्बरसँग लिंक भएको हुन्छ । कसैलाई पैसा पठाउनु छ भने ‘फोन पे डाइरेक्ट’मा गएपछि त्यहाँ पठाउने बैंकको नाम र तपाईंको मोबाइल नम्बर हाले पुग्छ । तपाईंको नाम र अकाउन्ट नम्बर यसमा हाल्नु पर्दैन्, नम्बरबाट तपाईंको खाता तानिन्छ । अहिलेको लागि सानो रकमको लागि मात्र खोलेका छौं । यसमा एक लाखसम्म पठाउन सकिन्छ ।

अर्को अप्सन छ, ‘फन्ड ट्रान्सफर’ । खाताको वास्तविक नाम र बैंक खाता यसमा हाल्नु भयो भने पनि पैसा आउँछ । यसमा अकाउन्ट नम्बर पनि भर्नुपर्ने हुन्छ । त्यसपछि पैसा पठाउन सकिन्छ । राष्ट्र बैंकले ट्रान्जेक्सनको सीमा २ लाखसम्म तोकेको छ । राष्ट्र बैंकको थ्रेस होल्डअनुसार सुविधा दिएका छौं । यसमा दिन, महिना र परीमाणमा सीमा तोकेको छ ।

त्यस्तै नबिलको एपबाट विभिन्न मोबाइल वालेटहरुहरुमा पैसा लोड गर्न, उनीहरुका स्किममा भाग लिन सक्नुहुन्छ । अहिले हामीले यसमा इसेवालाई स्वीकृति दिएका छौं । युटिलिटीको बिल पेमेन्ट यसै अन्र्तगत रेकर्ड गरेका छौं ।

नबिल बैंकको स्मार्ट एपमा भर्खर नयाँ फिचर पनि थपेका छौं । पेमेन्ट अप्सनमा नबिल बैंकसँग तपाईंले लिएका जति पनि कार्डहरु छन् जस्तो कि डेबिट कार्ड, क्रेडिट कार्ड, मास्टर कार्ड, प्रिपेड कार्ड ति सबै यसमा लिंक गरेका छौं । यसको फाइदा भनेको स्टेटमेन्ट हेर्न सकिन्छ । पेमेन्टका सबै विवरण हेर्न सक्नुहुन्छ । यसबारेमा बुझ्न बैंकमा जानै पर्दैन् ।

पेमेन्टसँगै अर्को अप्सन छ, ‘एड कार्ड’ । यस मार्फत ग्राहकहरुले आफ्नो सबै नबिल बैैकको कार्ड सजिलै नबिल बैंकको स्मार्ट एपमा राखेर आफ्नो कार्डको विवरण बुझ्न सक्नुहुन्छ ।

त्यस्तै, तपाईंले परिवार वा अन्य कसैलाई नियमित रुपमा पैसा ट्रान्सफर गर्नुपर्छ भने आफ्नो पेमेन्टलाई ‘फेवरेट’मा पनि राख्न सक्नुहुन्छ । त्यसको लागि एपमा ‘फेवरेट पेमेन्ट’ भन्ने अप्सन छ । त्यो लिष्ट सुरक्षित भएर बसेको हुन्छ । घरिघरी डेटा इनपुट गर्नुपर्दैन ।

एपमा अर्को सुविधा पनि देख्न सक्नुहुन्छ, ‘स्क्यान टु पे’ । यस अप्सनमा क्लिक गरेपछि फोनपेको स्क्यान देखिन्छ । स्क्यान गरेपछि त्यहाँ भएको डेटा, नाम, अकाउन्ट नम्बर, कसले पैसा पाउने हो, कसले पठाउने भन्ने यसले अटो तान्छ । यसमा जम्मा दुई कुरा भर्नुपर्ने हुन्छ । एउटा रकम भर्नुपर्ने हुन्छ र अर्को रिमाक्र्स भर्नुपर्ने हुन्छ । पेमेन्ट केको लागि भन्ने पनि जानकारी गराउनु पर्छ ।
तपाईंले यि सबै अप्सन तल ‘एक्टिभिटिज’ र ‘लाष्ट ३० डेज’ भन्ने अप्सन देख्न सक्नुहुन्छ । यो भनेको तपाईको कारोबारको गतिविधि हो ।

\"\"

एपको माथिल्लो बायाँ भागमा मेनु बार देख्न सक्नुहुन्छ । जहाँ क्लिक गर्दा ‘एक्टिभिटी लग’ देख्न सक्नुहुन्छ । यो भनेको तपाईंको कारोबारमा के गर्नु भयो भन्ने हो ।

यहाँ फेभरेट अकाउन्ट, इनभोईस हिस्ट्र देख्न सक्नुहुन्छ । साथै, यसबाट तपाईंले बैंकको लागि ‘कम्प्लेन’ अप्सनमा गएर गुनासो टिपाउन सक्नुहुन्छु ।

यसमा सेटिङ अप्सन पनि छ । जहाँबाट तपाईंले लगइन पासवर्ड, ट्रान्जेक्सन पिन, फिङगरप्रिन्ट सेटअप एक्लिकेसन सेटअपहरु परिवर्तन गर्न सक्नुहुन्छ ।

यस मेनु बारमा कनेट आईपीएस अप्सन पनि छ । यसबाट कुनै पनि बैंकमा भुक्तानी गर्न सक्नुहुन्छ । साथमा, नबिल बैंकको अफिसियल क्यालेन्डर पनि हेर्न सक्नुहुन्छ । साथै, तपाईंले यस मेनुबारको माथि पट्टी तपाईंको नामको छोटो रुप छ । त्यसमा क्लिक गरेर नाम रहेको ठाउँमा फोटो हालेर प्रोफाइल बनाउन सक्नुहन्छ ।

तपाईंलाई कुनै पेमेन्ट सेडुल गर्न मन लाग्यो भने पनि गर्न सक्नुहुन्छ । यसले गर्दा समयमै पेमेन्ट गर्न सकिने भयो । कर तिर्नको लागि पनि यस्तो सेडुल गर्दा सजिलो हुने भयो ।

खातामा कति पैसा छ भनेर ‘व्यालेन्स इक्वारी’ छ । यसले खातामा पैसा कति छ भनेर जानकारी गराउँछ । बैंककको ब्याज त्रैमासिकमा जम्मा हुन्छ । यसले आजसम्म कति व्याज पाक्यो त भनेर पनि हेर्न सकिन्छ । बाँकी स्टेटमेन्ट लिने पनि गर्न सकिन्छ ।
तपाईंलाई कस्तो लाग्यो त यो एप ? पक्कै पनि मन पराउनु भयो होला । यति कुरा थाहा हुँदा कति धेरै सुविधा मोबाइलबाटै गर्न सकिन्छ । तपाईंले थाहा पाइहाल्नु भयो यो एप प्रयोग गर्न धेरै सजिलो छ  र यहाँ धेरै सुविधाहरु पनि छन् ।

हातमा मोबाइल भएपछि सानोतिनो कामको लागि बैंकमा धाइरहनु पर्दैन । दश मिनेट समय दिएर मोबाइल एपलाई राम्रोसँग हेर्यौं भने सबै कुरा थाहा हुन्छ । यसमा आफै सिक्ने कुरा धेरै छन् । यदि जानिएन भने पनि नबिल बैंकको कल सेन्टरमा फोन गरेर, विभिन्न शाखामा गएर बुझ्न सक्नुहुन्छ । सिस्टम बिग्रिएमा मात्रै हो नत्र यसले सातै दिन २४ सैं घण्टा काम गर्छ ।

अहिले हामीले यो एप बचतकर्तालाई गरिरहेका छौं । अब यही मोबाइल एप बैंकका बचतकर्तालाई मात्र होइन, मुद्धति खाताकर्ता, ऋण लिनेहरुलाई, ‘फरेन अकाउन्ट’ खोल्ने ग्राहकलाई, सानो माइक्रो ग्राहकलाई पनि यसबाट काम गर्न खोजिरहेका छौं ।

अझ यसलाई हामीहरु मेबाइल बैंकिङ मात्र गरिरहेका छौं, जब हामीले यसको अपडेट भर्सनलाई ओम्नी च्यानलमा लैजान्छौं । त्यसमा अझ धेरै सुविधा थपिन्छन् । तपाईंले च्याट, एसएमएस, फेसबुकमा गरेका कुराहरु सबै एकै ठाउँमा आइपुग्छ । \"\"

एपको सुरक्षा

मोबाइल बैंकिङ चलाउने भएपछि यसको सुरक्षामा पनि ज्ञान राख्न र ध्यान दिन जरुरी छ । त्यसको लागि सबैभन्दा पहिला सुरक्षित पासवर्ड राख्नु पर्छ । पासवर्ड सुरक्षित बनाइ राख्न बेलाबेलामा परिवर्तन गर्ने, सकेसम्म आफूले मात्र सम्झने खालको पासवर्ड राख्नु पर्छ । अहिले विभिन्न फिसिङ र ह्याकरहरुको डर छ । त्यसबाट बच्न यति गर्नुपर्छ ।

पछिल्लो समय मोबाइल बैंकिङको सुविधा लिनेहरु धेरै बढेका छन् । पहिला पहिला एक दिनमा एक हजार जनाले अकाउन्ट खोल्दा बल्लबल्ल २० जनाले मोबाइल बैंकिङको सुविधा लिन्थे भने अहिले २० जनाले लिदैनन्, ९८० ले लिन्छन् ।

दैनिक कारोबारमा केही न केही कुरा डिजिटाइज भइरहेका छन् । यसले पनि उपभोक्तालाई मोबाइल बैंकिङ चलाउन जान्नै पर्ने भएको छ ।

(कृष्ण सुवेदी नबिल बैंकमा ‘लायवलिटी म्यानेजमेन्ट एण्ड कम्युनिकेसन हेड’को रुपमा कार्यरत छन । )