कीवर्डहरू -

स्मार्ट टेलिकमको दुई पछी फ्री अफर, २ मिनेट कलको पैसा तिरेपछि बाँकी कल निःशुल्क

स्मार्ट टेलिकमको दुई पछी फ्री अफर, २ मिनेट कलको पैसा तिरेपछि बाँकी कल निःशुल्क

स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा कल गर्दा पहिलो २ मिनेटसम्मको मात्रै शूल्क लाग्ने छ र त्यसपछिको बाँकी कल निःशुल्क हुनेछ ।

कोरोना महामारीको समयमा ग्राहकहरुलाई सहजता प्रदान गर्न यो अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउने कम्पनीको विश्वास रहेको छ ।

स्मार्ट प्रयोगकर्ताहरुले *१४१*१*५*१# डायल गरेर दुई पछि फ्री अफर सुचारू गर्न सक्ने छन् । त्यसपछि प्रयोगकर्ताले स्मार्टबाट स्मार्टमा कल गर्दा २ मिनेटको शुल्क तिरेर बाँकी कल अनलिमिटेड निःशुल्क गर्न सक्ने छन् ।