कीवर्डहरू -

दराजको सहयात्री कार्यक्रम पुनः सुरु

दराजको सहयात्री कार्यक्रम पुनः सुरु

अनलाइन शपिङ साइट दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । दराजले गत वर्षदेखि कोरोना भाइरसले साना तथा मध्यम उद्यम (एसएमई) क्षेत्रलाई सपोर्ट गर्न सहयात्री कार्यक्रम शुरू गरेको थियो ।

सहयात्री कार्यक्रम अन्तर्गत दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरूलाई देशभरिका ७ लाख भन्दा बढी ग्राहकहरूलाई निःशुल्क पहुँच प्रदान गरी ८ हजारभन्दा बढी एसएमईहरूलाई आफ्नो व्यवसाय दराजमा दर्ता गर्न मद्दत गरेको थियो ।

यस पटकको दराज सहयात्री कार्यक्रममा सहभागी हुनले आउने तीन महिनाका लागि पहिलो पटक अनलाइन बेच्न एसएमईहरुको लागि कुनै बजार शुल्क लागू नहुने, विक्रेताहरुलाई १४ दिन नभई ७ दिनभित्र भुक्तानी गरिने, नबिल बैंकको सहयोगमा व्यवसायहरूले विशेष एसएमई वित्तपोषण पाउने छन् ।

त्यस्तै यसमा द्रुत साइन–अप प्रक्रियाले नयाँ विक्रेताहरुलाई २४ घण्टाभित्रै अनलाइन जान सक्षम र विक्रेताहरुले दराज विश्वविद्यालयको माध्यममार्फत विस्तृत इ–कर्मश प्रशिक्षण र शिक्षा पहल पाउने सुविधा छन् ।