कीवर्डहरू -

भिभो भी २१ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला, बुकिङ गर्दा माउन्ट र एयरबड्स निःशुल्क पाइने

भिभो भी २१ स्मार्टफोनको प्रि-बुकिङ खुल्ला, बुकिङ गर्दा माउन्ट र एयरबड्स निःशुल्क पाइने

भिभोले नेपालमा भी २१ स्मार्टफोनको अग्रिम बुकिङ खुल्ला गरेको छ । भिभोले जुलाई १६ देखि १९ तारिखसम्म भी सिरिजको भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग गर्न पाइने व्यवस्था गरेको हो ।

अग्रिम बुकिङ्ग अफलाइन स्टोर र खुद्रा विक्रेताहरुबाट गर्न सकिने कम्पनीले जनाएको छ । अग्रिम बुकिङ्ग गर्न चाहने ग्राहकले २ हजार रुपैयाँ सहित आफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ ।

उक्त विवरण सम्बन्धित विक्रेताकहाँ बुझाएर त्यसको अर्धकट्टी ग्राहकले आधा र विक्रेताले आधा राख्नेछन् । भिबिए र विक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागि खिचेर राख्नेछन् ।

जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ्ग गर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्स अनिवार्य रुपमा पाउने छन् । बुकिङ्गपछि जुलाई २० देखि ३१ तारिखसम्म भी २१ ख्रिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदान गरिने छ ।

भी २१ को फ्रन्ट क्यामेरामा उच्चस्तरीय ओआइएस (अप्टिकल इमेज स्टेबिलाइजेशन)  प्रविधि राखिएको छ । कम प्रकाशमा पनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनका पारखीहरुले रातमा पनि भिडियो र फोटो राम्रो खिच्न सक्दछन् ।

६.४४ इन्च डिस्प्ले भएको यस फोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज उपलब्ध रहेको छ । यसमा मिडिया टेक डायमेनसिटी ८०० यु फाइभजी प्रोसेसर राखिएको छ ।

एन्ड्रोइड ११ मा आधारित भी २१ मा ट्रिपल रियर क्यामेरा रहेका छन् । फोनमा ४४ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । यसमा ४ हजार एमएएचको ब्याट्री रहेको छ, जसले ३३ वाट फास्ट चार्जिङ सपोर्ट गर्छ ।