कीवर्डहरू -

एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा

एआईद्वारा सञ्चालित ‘एनएमबि सापटी’ कर्जाबाट एक हजार बढीले लिए सेवा

एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालनमा ल्याएको सरल कर्जा ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या एक हजारमाथि पुगेको छ । उक्त योजना अन्तर्गत हालसम्म ६ करोडभन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ ।

उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने प्रावधान मिलाइएको बैंकले जनाएको छ ।

मोबाईलको प्रयोगबाटै आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिने यो योजना अन्तर्गत हजारमाथि सेवाग्राही लाभान्वित भएको बैंकले जनाएको छ ।

नेपालमा १ करोडभन्दा बढी बचत खाता रहेको छ, जसमा लगभग १६ लाख ग्राहकले मात्र कर्जा सुविधा लिन सफल रहेको देखिन्छ ।

डिजिटल कर्जामा ग्राहकहरुको खासै पहँुच नदेखिएको अवस्थामा एनएमबिले भने एनएमबि सापटी योजनामार्फत जनचेतना अभिबृद्धिको साथै स–साना कर्जामा केन्द्रित रहेर ग्राहकहरुलाई डिजिटल कर्जा प्रवाह गरिरहेको छ ।

वर्तमान परिवेशलाई ध्यानमा राख्दै सो बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपूर्तिको लागि बैंकले छोटो अवधिका लागि विना धितोको कर्जा योजनाअन्तर्गत एनएमबि सापटी योजना सञ्चालन गरेको बैंकले जनाएको छ ।

एनएमबि बैंकमा तलव खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधिसहित क्रमशः रु. १ लाख र रु. २ लाख सम्म २४ औं घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराउँदै आइएको छ ।

ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।