कीवर्डहरू -

पिगासस प्रयोग गरेर भारतका लागि नेपाली राजदूतको फोन ह्याक गरी जासुसी गरिएको खुलासा 

पिगासस प्रयोग गरेर भारतका लागि नेपाली राजदूतको फोन ह्याक गरी जासुसी गरिएको खुलासा 

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर नयाँ दिल्लीका नेपाली राजदूत निलाम्बर आचार्यको मोबाइल ह्याक गरी जासुसी गरेको खुलासा भएको छ ।

फोन ह्याकिङ गरेर जासुसी गरिएको सूचीमा भारतसँग निकट मानिएका राष्ट्रहरूका कूटनीतिज्ञहरू पनि रहेको ‘ले मोन्डे’लाई उद्धृत गर्दै द हिन्दु मा प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।

यस सूचीमा नयाँ दिल्लीमा रहेका ईरान, अफगानिस्तान, चीन, नेपाल र साउदी अरेबियाका कूटनीतिज्ञ र राजदूत पनि रहेको द हिन्दुले जनाएको छ ।

सोमबारमात्रै पिगाससबाट पत्रकार, अभियान्ता, राजनीतिज्ञ लगायतको मोबाइल ह्याक गरी जासुसी गरेको खुलसा भएको थियो । पिगाससको प्रयोग गरेर विभिन्न देशका ५० हजारभन्दा बढी फोन नम्बरमा जासुसी गरेको आरोप लागेको छ ।

पिगासस इजरायली कम्पनी एनएसओले विकास गरेको जासुसी सफ्टवेयर हो । यसको प्रयोग गरेर कुनै पनि व्यक्तिको फोन ह्याक गरेर उसको गतिविधिमाथि नजर राख्न सकिन्छ ।