कीवर्डहरू -

४४ मेगापिक्सेल सेल्फी क्यामेरासहित भिभो भी २१ नेपालमा, यस्ता छन् फिचर

४४ मेगापिक्सेल सेल्फी क्यामेरासहित भिभो भी २१ नेपालमा, यस्ता छन् फिचर

भिभोले नेपाली बजारमा भी २१ स्मार्टफोन सार्वजनिक गरेको छ । भी २१ भिभो कम्पनीले लामो समयदेखि उत्पादन गर्दै आएको भी सिरिजको अत्याधुनिक स्मार्टफोनमा पर्दछ ।

नयाँ उत्पादित भी २१ मा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।

भी २१ मा ४४ मेगापिक्सेल ओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा राखिएको छ । यसले आकर्षक फोटो उत्पादन गर्दछ । ४४ मेगापिक्सेल ओआईएसले कम प्रकाशमा राम्रो फोटो निकाल्न सक्दछ ।

६४ मेगापिक्सेल ओआईएस नाइट क्यामेराले उच्चस्तरको फोटोग्राफीको अनुभव प्रदान गर्दछ । ओआईएसले अल्ट्रास्टेबल भिडियो आदि तयार गर्न पनि मद्दत गर्दछ । अर्कोतर्फ अतिरिक्त विशेषता भएको वाइड एंगल फोटोग्राफी र म्याक्रो फोटोग्राफी लिन सकिन्छ ।

बिक्रीको शुभारम्भको अवसरमा आयोजित समारोहमा बोल्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत मार्सले आफ्ना ग्राहकहरुको चाहना पूरा गर्ने गरी भी २१ नयाँ उत्पादन बजारमा ल्याएको बताए ।

कम प्रकाशमा पनि क्यामेराको क्षमता विस्तार गरी उत्कृष्ट फोटो खिच्न सक्ने प्रविधि भी २१ मा समावेश गरिएको छ । यो ७.२९ एमएम अल्ट्रा स्लीम डिजाइनमा उपलब्ध छ ।

यो स्मार्टफोन एमटिके डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । भी २१ मा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य ४९ हजार ९९९ रूपैयाँ तोकिएको छ ।