कीवर्डहरू -

इन्जेन्युटी हेलिकोप्टरले मङ्गल ग्रहमा पूरा गर्‍यो एक माइल दूरी

इन्जेन्युटी हेलिकोप्टरले मङ्गल ग्रहमा पूरा गर्‍यो एक माइल दूरी

नासाको इन्जेन्युटी हेलिकोप्टरले सम्पूर्ण रुपमा मङ्गल ग्रहमा एक माइल दूरी पूरा गरेको छ । स्पेस डटकमको अनुसार इन्जेन्युटी हेलिकोप्टरले दशौँ उडानमा एक माइल दूरी पूरा गरेको हो । इन्जेन्युटी हेलिकप्टरले आफ्नो दशौँ उडान जुलाई २४ मा पुरा गरेको थियो ।

यो उडानमा हेलिकोप्टर जेजेरो क्रयाट्रको रिजड क्षेत्रको माथि उडेको थियो । पहिले हेलिकोप्टरको उडान राम्रोसँग सफल भएपछि मात्रै मङ्गल ग्रहको अध्ययनमा ध्यान दिने हुँदा हेलिकोप्टरले दशौँ उडान पनि पुरा गरिसकेको छ ।

दशौँ उडान एकदमै चुनौतिपूर्ण रहेको थियो किनभने हेलिकोप्टरले दश ओटा अप्ठयारो स्थलहरु काट्नुपर्ने थियो ।यसपालि हेलिकोप्टरले सबैभन्दा बढी ३१० फिटमा उड्न सफल भएको छ ।

हेलिकप्टरले धेरै ओटा ईमेज पनि खिचेको छ । यस भन्दा पहिले स्पेस डटकमको अनुसार इन्जेन्युटीले बेसबाट उत्तर तिर ४.५ माइल प्रति घण्टाको रफतारमा १६४ फिट उड्न सफल भएको थियो । हेलिकप्टर उडेको क्षेत्रलाई अब राईट ब्रदर्स फिल्ड भनिने छ ।

मङ्गल ग्रहमा पृथ्वीको तुलनामा १ प्रतिशत मात्रै सर्फेस लेभल प्रेसर हुने गर्दछ । ग्रहमा उडेको हेलिकप्टर सोलारको ऊर्जाले चल्ने गर्दछ ।अब  नासाले दुई ओटा उडान मात्रै गराउनेछ किनभने यसपछि नासाले पर्सिभियरेन्स रोभरलाई विशेष ध्यान पुर्‍याउनेछ ।

यसले मङ्गल ग्रहमा अन्वेषण गर्न अझै सहज पार्नेछ । अबको अन्वेषणहरुमा ड्रोनको प्रयोग अधिक मात्रामा गरिने अनुमान लगाइएको छ ।