कीवर्डहरू -

पिच बाटोले नै चलिरहेको विद्युतीय गाडी चार्ज गर्ने प्रविधिको परीक्षण हुदै

पिच बाटोले नै चलिरहेको विद्युतीय गाडी चार्ज गर्ने प्रविधिको  परीक्षण हुदै

अन्वेषकहरुले विद्युतीय गाडी चलिरहेको बेला चार्ज हुने सिमेन्टको परीक्षण गरिरहेका छन् । यो परीक्षण सफल भएमा बाटालेनै विद्युतीय गाडीलाई चार्ज गर्नेछ । यो प्रविधि तर अलि महङ्गो नै हुन सक्ने अन्वेषकहरुले बताएका छन् ।

अटोब्लगका अनुसार यो नयाँ खालको सिमेन्टमा चुम्बकीय पदार्थ हुन सक्नेछ जसले प्रभावकारी रुपमा एकदमै छिटो चार्ज गर्न सक्नेछ ।

यो चुम्बकीय सिमेन्टको जाँच पहिले ल्याबमा हुनेछ त्यासपछि एक त्रैमसिक माइलमा रोड पिच गरेर यसको जाँच गरिनेछ । यो सिमेन्ट एकदमै शक्तिशाली र सजिलै तोड्न नमिल्ने खालको हुने अन्वेषकहरुले बताएका छन् ।

यो परिक्षण सफल भएमा अमेरिकाको इन्डियानामा रोड यही चुम्बकीय सिमेन्टले पिच गरिनेछ । यसको निमार्णको खर्च न्यासनल साइन्स फाउण्डेसनले व्योहोरिरहेको छ र निर्माण भने पर्ड्यु विश्वविद्यालय र जमर्नी कम्पनी म्यागमेन्टले गरिरहेको छ । यसले ९५ प्रतिशतको दरमा वायरलेस ट्रान्समिसन एफीसियन्सी दिने म्यागमेन्टले दावी गरेको छ ।