कीवर्डहरू -

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, विद्युतीय स्कुटर र साइकल पाइने

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, विद्युतीय स्कुटर र साइकल पाइने

ईभी नेपाल मोटर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्मन टेक्नोलोजी बीओएससीएचद्वारा संचालित लिभ्निङका विभिन्न मोडेल र रंगहरूमा विद्युतीय स्कूटर र साइकल पनि उपलब्ध रहेका छन् ।

जसमा एलएक्स ०१, एलएक्स ०२, एलएक्स ०४, एलएक्स ०५, एकएक्स ०६, एलएक्स ०५ डी, एलएक्स ०८, एलएन २० एम ०४-२५० डब्लु रहेको छ ।

शोरूम उद्घाटन समारोहको अवसरमा ग्राहकहरुलाई ५ हजार देखि १० हजारसम्मको नगद छुट, नबिल बैंकसँग कारोबार गर्दा ० प्रतिशत ईएमआई ११ हजार १११ मात्र पाइने छ ।

साथमा छाता, बज्र मास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भिस र कुपनको सुविधा रहेको कम्पनीले जनाएको छ । यो अफर ३० जुलाईसम्म सिमित रहने कम्पनीले जनाएको छ ।