कीवर्डहरू -

संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज

संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज

प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेकपा एमालेकी संसद आशा कुमारी बिकले अनलाइन गेम बन्द गर्नुपर्ने बताएकी हुन् ।

शुन्य समयमा बोल्दै सांसद बिकले बालबालिकाहरू पब्जी र फ्रिफायर जस्ता गेमको लतमा फसेर उनीहरूमा मानसिक रोगी बनिरहेको भन्दै अनलाइन गेम बन्द गर्न माग गरेकी हुन् ।

उनले अनलाइन गेमहरू तत्काल बन्द गराउन माग गरेकी छन् । उनले संसदमा बोल्दै भनिन्  ‘नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गर्दछु ।’