कीवर्डहरू -

बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पत्ता लाग्यो पानीको बाफ

बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पत्ता लाग्यो पानीको बाफ

हब्बलले बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ रहेको पत्ता लगाएको छ । बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमालाई ग्यानीमेड भनिन्छ ।

वैज्ञानिकहरुले हब्बल स्पेस टेलिस्कोपको अर्काइभ डेटासेट प्रयोग गरेर यसको पत्ता लगाएका हुन् । चन्द्रमाको माथिल्लो सतहमा रहेको बरफ ग्यास बनेपछि पानीको बाफ बन्ने गरेको वैज्ञानिकले पाएका छन् ।

सुडेनको केटिएच रोयल इन्सिट्युट अफ टेक्नोलोजीले त्यो डेटासेटको जाँच गरेको थियो । हब्बलले त्यहाँको अरोल ब्याण्ड भन्ने इलेक्ट्रीफाईड ग्यासको अल्ट्राभ्वाइलेट ईमेज खिचेको छ । ग्यानीमेडमा एटोमिक अक्सिजन भने नरहेको पाइएको छ ।

ग्यानीमेडमा सतह भन्दा १०० माइल भित्र समुद्रहरु रहेको पनि वैज्ञानिकहले अनुमान लगाएका छन् । नासाको जुनो  मिसनले पनि सन् २०१६ देखि बृहस्पति र ग्यानीमेडको अध्ययन गरिरहेको छ ।