कीवर्डहरू -

४१ लाख पुरस्कारको भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै

४१ लाख पुरस्कारको भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै

नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा छनोट भएको छ । नेपाल र भुटानका ३७ वटा टिमलाई हराउँदै डमरू गेमिङ भ्यालोरेन्टको उक्त प्रतियोगितामा छनोट भएको हो ।

आगामी अगस्ट १९ बाट आयोजना हुने भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा नेपालबाट डमरू गेमिङ प्रतिस्पर्धा गर्ने डमरू ग्रुपका बोर्ड अफ डाइरेक्टर पुजन आचार्यले जानकारी दिए ।

‘यो च्याम्पियनशिप भारतमा आयोजना हुने भनिएको छ । कोरोना महामारीका कारण आयोजक अझै निर्णयमा पुगेको छैन्,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘अवस्था सामान्य भएको भए खेल्न हामी भारत जानुपर्ने हुन्थ्यो । तर अहिलेसम्म निर्णय भएको छैन् ।’

घरबाटै खेल्ने निर्णय भएमा बुटक्याम्पमा खेलाडी राखेर राम्रो इन्टरनेट कनेक्सनमा खेल्ने उनले बताए । यसमा नेपालको डमरू गेमिङसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, मालदिभ्स, श्रीलंका र वाइल्ड कार्डबाट गरी जम्मा ८ टिमले  प्रतिस्पर्धा गर्नेछन् ।

भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा पहिलो स्थान बनाउनेले बर्लिनमा हुने भ्यालोरेन्ट च्याम्पियनशिप टुर प्रतियोगितामा सहभागी हुनेछ भने दोस्रो हुने वाइल्ड कार्डबाट प्रतियोगितमा सहभागी हुनेछ ।

भ्यालोरेन्ट कन्क्वेयर्स च्याम्पियनशिपमा तेस्रो र चौथो स्थान बनाउनेले ३५-३५ सय डलर पुरस्कार पाउनेछन् । २ वर्ष डम्बर गेमिङ स्थापना भएको थियो । जसलाई डमरू ग्रुपले सञ्चालन गरिरहेको छ ।

डमरू गेमिङको टिममा ६ जना खेलाडी र १ जना कोच ७ जना रहेका छन् । डमरू गेमिङले भ्यालोरेन्ट, पब्जी र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सिभ गेम खेलिरहेको छ ।