कीवर्डहरू -

टाटा नेक्सन–इभी नेपाली बजारमा, कति होला मूल्य ?

टाटा नेक्सन–इभी नेपाली बजारमा, कति होला मूल्य ?

टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि अर्को इलेक्ट्रिक गाडी बजार प्रवेश गराउने होडकाबीच टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले नेक्सन–ईभी नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीले मंगलबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै नेक्सन–ईभीको विविध सस्करण सार्वजनिक गरेको छ ।

२०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा कम्प्याक्ट एसयूभीमा उपलब्ध नेक्सन–ईभीको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य ३५ लाख ९९ हजारमै उपलब्ध रहेको छ ।

त्यस्तै मिडियम भेरिएन्टको एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र सबैभन्दा महंगो भेरिएन्ट एक्सजेड प्लस लक्जरीको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री जडान भएको नेक्सन–ईभीमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ भने एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

सिग्नेचर टिल ब्लु, ग्लेसियर ह्वाइट र मुनलिट सिल्भर गरी तीन कलरमा तीनवटै भेरिएन्टमा उपलब्ध नेक्सन–ईभी अत्याधुनिक जिपट्रोन प्रविधिमा आधारित भई आकर्षक र सुरक्षित फिचर्सहरुमा निर्माण गरिएको कम्पनीको भनाइ छ ।