कीवर्डहरू -

ट्वीटर स्पेसेसको नयाँ अपडेट, अब लाइभ अडियो भेटाउन र शेयर गर्न सजिलो हुने

ट्वीटर स्पेसेसको नयाँ अपडेट, अब लाइभ अडियो भेटाउन र शेयर गर्न सजिलो हुने

ट्वीटर स्पेसेसको नयाँ अपडेटले लाइभ अडियो भेटाउन र सेयर गर्न सजिलो बनाउने भएकाे छ । प्रयोगकर्ताहरुले अब सिधै स्पेसबाट नयाँ ट्वीट गर्न सक्छन् । त्यो ट्वीट अडियो च्याट र ह्यासट्याग सँग जोडिन्छ ।

यसले गर्दा स्पेसमा रहेका प्रयोगकर्ताहरुले झनै सजिलो तरीकाले कुनै स्पेसको बारेमा ट्वीट गर्न सक्नेछन् । आईओएसमा ट्वीटरले नयाँ ‘गेस्ट म्यानेजमेन्ट भन्ने फिचर पनि ल्याउने भएको छ, जसले होस्टले सजिलै स्पेसमा कसले बोल्न खोजेको भनेर हेर्न दिन्छ ।

त्यस्तै ट्वीटरले स्पेसेसमा नयाँ सर्च फिचर पनि राख्ने भएको छ ।प्रयोगकर्ताहरुले स्पेसेजको शीर्षक प्रयोग गरेर वा होस्टको ट्वीटर ह्याण्डलको मद्दतले कुनै स्पेसेज सर्च गर्न सक्नेछन् । क्लबहाउसको प्रख्याति पछि ट्वीटरले स्पेसेजको अपडेटमा एक्दमै ध्यान पु¥याईरहेको छ । स्पेसेसको वेब भर्सनमा ट्वीटरले होस्टलाई टिकेट बेच्न दिने फिचरको पनि जाँच गरिरहेको छ ।