कीवर्डहरू -

आगामी ३ बर्षमा ह्वावेले स्टार्टअप इकोसिस्टममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने

आगामी ३ बर्षमा ह्वावेले स्टार्टअप इकोसिस्टममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने

ह्वावेले सिंगापुर र हङकंगमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ ।

ह्वावेका अनुसार लगानी एशिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको छ ।

ह्वावेले सिंगापुर, हङकंग, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ । शिखर सम्मेलनमा ह्वावेले इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भियतनाममा चार अतिरिक्त स्टार्टअप हबहरुको विकासमा आफ्नो प्रयास केन्द्रित गर्ने घोषणा गरेको छ ।

स्पार्क एसेलेरेटर कार्यक्रममा कुल १ हजार स्टार्टअप भर्ती गर्ने व्यापक उद्देश्य संगै स्केलअपमा ती मध्ये १०० लाई आकार दिने जनाइएको छ ।

साथै यो शिखर सम्मेलनमा ह्वावेले दुनियाँ भरमा स्टार्टअपलाई समर्थन गर्न आफ्नो क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको उद्घाटन गरेको थियो ।

ह्वावेले निरन्तर प्रयासलाई समर्पित गर्ने र  क्लाउड–प्लस–क्लाउड कोलाबोरेसनमा पूर्ण व्यापार पोर्टफोलियोको लाभ उठाई प्राविधिक इनोभेसन, ग्लोबल र स्थानीय सेवाहरु र व्यापार इकोसिस्टमलाई बढावा दिन्छ, जसले स्टार्टअप्सको बृद्धिलाई बढावा दिने बताएको छ ।

यो शिखर सम्मेलनमा धेरै प्रमुख एशियाली स्टार्टअप, शिक्षाविद्, विभिन्न उद्योग र सरकारहरु र मिडिया, साथसाथै ५० भन्दा बढी क्षेत्रीय शीर्ष उद्यम पूँजीपतिहरु र ३०० भन्दा बढि स्टार्टअप संस्थापकहरु उपस्थित थिए ।

कार्यक्रममा भाषण र प्यानल स्टार्टअप इकोसिस्टमको सामाजिक भ्यालु र कसरी प्राविधिक र इकोसिस्टम इनोभेसनलाई बढावा दिन सक्ने विषयमा केन्द्रित रहेका थिए ।

ह्वावेका वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य क्याथरीन चेनले स्टार्टअप र एसएई हाम्रो समयका आविष्कारक, अवरोधक र अग्रगामी भएको बताए ।

‘३४ वर्ष पहिले, ह्वावे मात्र ५ हजार डलर पूँजी भएको एक स्टार्टअप थियो । भर्खरै, हामी सोचिरहेका छौं: हामी कसरी हाम्रो अनुभव र श्रोतहरुव्दारा स्टार्टअपलाई चुनौतिहरुको सम्बोधन गर्न मद्दत गर्न सक्छौं ? यसो गर्नाले उनीहरुलाई डिजिटल रूपान्तरणद्वारा प्रस्तुत अवसरहरुको उपयोग गर्नको लागि, व्यापार सफलता हासिल गर्नको लागि र संसारको लागि अधिक इनोभेटिभ उत्पादनहरु र सोलुसनहरुको विकास गर्ने वातावरण हुनेछ,’ उनले भने ।

ह्वावेको क्लाउड बिजनेस युनिटका सीईओ झांग पिंगुआनले २०१७ मा यसको प्रक्षेपणपछि ह्वावे क्लाउड संसारको सबैभन्दा छिटो बढ्दो क्लाउड भएको बताए ।

२०२१ मा एचएमएस इकोसिस्टममा २०० स्टार्टअपलाई समर्थन गर्ने र च्यानल श्रोतहरुको हाम्रो नेटवर्क विश्वव्यापी डेभलपरसँग १ बिलियन ह्वावे उपकरण प्रयोगकर्ताहरुलाई सेवाको साथ सेयर गर्ने योजना रहेको जानकारी दिए ।

उनले अगाडि भने, ‘थप रूपमा हामी १० लाख एचएमएस क्लाउड–नेटिभ डेभ्लपर्सलाई समर्थन गर्न एक एचएमएस डेभ्लपर इनोभेसन केन्द्र खोल्नेछौं ।’

ह्वावेका अनुसार हाल १७० देश र क्षेत्रहरुबाट ४.५ मिलियन डेभलपर्स एचएमएसमा निर्भर छन् । ह्वावेले एशिया प्रशान्त क्षेत्र भरमा २१० प्रमुख विश्वविद्यालयहरुको सहयोगमा भविष्यका प्रतिभा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

ह्वावे एशिया प्रशान्त क्षेत्रका अध्यक्ष जेफरी लियुले विगत दुई दशक देखि ‘एशिया प्रशान्तमा, एशिया प्रशान्तको लागि’ भन्ने भनाईमा प्रतिबद्ध रहेको बताए ।

‘कार्यक्रमले आगामी तीन बर्षमा १०० मिलियन अमेरिकी डलर भन्दा बढी लगानी गर्नेछ,’ उनले भने, ‘एक दिगो स्टार्टअप इकोसिस्टमको स्थापनाको लागि व्यापक सहयोग प्रदान गर्दछ जसले यस गतिशील क्षेत्रको लागि नयाँ भ्यालु सिर्जना गर्दछ ।’