कीवर्डहरू -

मिल्की वे ग्यालेक्सीमा पाईयो ताराको टुक्रा, २० लाख माइल प्रति घण्टाको गतिमा उड्दै

मिल्की वे ग्यालेक्सीमा पाईयो ताराको टुक्रा, २० लाख माइल प्रति घण्टाको गतिमा उड्दै

हाम्रो ग्यालेक्सीमा एउटा ताराको टुक्रा २० लाख माइल प्रति घण्टाको गतिमा बाहिर उडिरहेको पाइएको छ । वैज्ञानिकहरुका अनुसार यो अहिले सम्मकै सबैभन्दा गतिशील तारा हो ।

यसले कसमोसका बारेमा मूल्यवान जानकारी पत्ता लगाउन मद्दत पुर्‍याउने वैज्ञानिकहरुको मान्यता रहेको छ । यो सुपरनोभा ताराको टुक्राको अध्ययन बोस्टन विश्वविद्यालयका अन्वेषकहरुले गरेका हुन् र यो ताराको नाम एलपी ४०–३६५ रहेको छ ।

यो मिल्की वे ग्यालेक्सी हुँदै बाहिर गइरहेको पाइएको छ । यो सुपरनोभा ताराको टुक्रा एकदमै विस्तारै घुमिरहेको पनि अन्वेषकहरुले पत्ता लगाएका छन् ।

सुपरनोभा एकदमै चाँडै घुम्ने गर्दछ तर यसले एकपटक पुरै घुम्नका लागि ८.९ घण्टा लिने गरेको पाइएको छ । यसको प्रकाशको क्षमता पनि निरन्तर परिवर्तन भईरहेको पाइएको थियो तर त्यो घुमिरहेको कारणले भएको वैज्ञानिकहरुको मान्यता रहेको छ ।

एलपी ४०–३६५ डवार्फ ताराको भाग हो भने अन्वेषकहरुको ठहर रहेको छ । यो ताराको धेरै जसो भाग धातुले बनेको पनि फेला परेको छ ।