कीवर्डहरू -

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार हुँदै

मेरो डिजिटल नेपाल, मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनाले शुक्रबार आयोजना हुने भएको छ । साउन २९ गते शुक्रबार सोल्टी होटेल काठमाडौंमा पुरस्कार वितरण कार्यक्रम अर्थात ग्राण्ड फिनाले हुने भएको हो ।

गत असार १ गतेदेखि असार ३१ गतेसम्म चलेको प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो एनिमेशन मार्फत ३५० बढीको परिकल्पना आएको थियो ।

३५० बढी परिकल्पनाबाट उत्कृष्ट परिकल्पना छनोटका लागि ९ जनाको मूल्यांकन समिति बनाइएको थियो । पठाइएको परिकल्पना मध्येबाट उत्कृष्ट ७ परिकल्पनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।

सर्वोत्कृष्ट परिकल्पनालाई १ लाख नगद रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुने दुई जनालाई जनही ५० हजार र तेस्रो हुने चार जनालाई जनही रू. २५ हजार नगद पुरस्कार दिइनेछ ।

यसबाहेक विजेताले स्पोन्सर कम्पनीहरूबाट आकर्षक केही अफर पनि प्राप्त गर्ने छन् । उत्कृष्ट रचना तथा सोच आइसिटी समाचार डटकममा समेत प्रकाशित हुनेछन् ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा माई सेकेण्ड टिचर मुख्य प्रायोजकको रूपमा रहेको छ भने पावर्ड बाई पार्टनरमा जेनेस सोलुसन, बैकिङ पार्टनरमा एनआइसी एसिया बैंक, पेमेन्ट पार्टनर प्रभु पे, नलेज पार्टनर एसीसीए, प्रविधि पार्टनरमा फ्युज मेशिन्स र इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट रहेका छन ।

त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन, नेपाली पात्रो, टेक्नोरियो, ग्लोबल स्पार्टक, आइसिटी फाउन्डेसन नेपाल, आइसिटी समाचार, स्मार्ट इन्नोभेसन, सीएसआईटी नेपाल आदिको सहयोग रहेको छ ।