कीवर्डहरू -

कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डरलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत छुट

कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डरलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत छुट

कुमारी बैंकका ग्राहकहरुले ललितपुरस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा २० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र मेडी क्वेस्ट ल्याबरोटोरीका कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले उक्त छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।