कीवर्डहरू -

साओमीले गर्याे भारतमा एम आई टिभी फाइभ एक्स सिरिज सार्वजनिक

साओमीले गर्याे भारतमा एम आई टिभी फाइभ एक्स सिरिज सार्वजनिक

साओमीले भारतमा एमआई टिभी फाइभ एक्स सिरिज सार्वजनिक गरेको छ । यो ४३ इन्च, ५० इन्च र ५५ इन्च तीन ओटा स्क्रीन आकारमा आउने छ । यसमा ४० वाटको स्पीकर पनि रहेको छ ।

यो डल्बी एटमोस सोर्ट र डीएचएस एचडी साउण्डको सहित आउने गर्दछ । ४३ इन्चको टिभीको १९,१९९ रुपैयाँ पर्ने गर्दछ । त्यस्तै ५० इन्चको २१,१९९ रुपैयाँ र ५५ इन्चको २८,७९९ रुपैयाँ पर्ने गर्दछ । सेप्टेम्बर ७ देखि यसको विक्री सुरु हुनेछ ।

यो टिमीमा फोर के डिस्प्लेसँग ३८४० X २१६० पि रिजोल्युसन रहेको छ र यसको स्क्रीन देखि बडी अनुपात ९६.६ प्रतिशतको रहेको छ । यसमा भिभिड पिक्चर इन्जिन २ पनि रहेको छ जुन डिस्प्ले प्रविधि हो ।

यसले डल्बी भिजन, एचडीआर टेन, एचडीआर टेन प्लस, हाइब्रिड लग गामा जस्ता कोडलाई सपोर्ट गर्ने गर्दछ । यो टिभी एन्ड्रोइड १० मा चल्ने गर्दछ । यसमा बिल्ट इन क्रोमकास्ट र गूगल सपोर्ट पनि रहेको छ ।

यसमा भल्यूम किलाई दुई चोटि थिचेर म्यूट गर्नसक्ने फिचर पनि रहेको छ । एमआई टिभी फाइभ एक्स सिरिजमा दुई ओटा यूएसबी पोर्ट, एउटा ल्यान पोर्ट , एउटा अप्टिकल पोर्ट र इथरनेट पोर्ट पनि रहेको छ ।