कीवर्डहरू -

रियलमी सी २१ नेपालमा सार्वजनिक, कति होला मूल्य ? 

रियलमी सी २१ नेपालमा सार्वजनिक, कति होला मूल्य ? 

नेपाली बजारमा रियलमी सी २१ स्मार्टफोन सार्वजनिक भएको छ । ६.५ इन्च मिनि ड्रप आईपीएस एलसीडी प्यानल डिस्पले भएको यसमा एचडी प्लस रिसोलुसन रहेको छ ।

फोनमा मिडियाटेक हेलियो जी ३५ प्रोसेसर प्रयोग गरिएको छ । ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेजका साथ नेपालमा रियलमी सी २१ उपलब्ध रहेको छ ।

यसमा एन्ड्रोइड १० मा आधारित रियलमी युआई १.० राखिएको छ । रियलमी सी २१ मा १३ मेगापिक्सेल प्राइमरी क्यामेरासहित ट्रिपल रियल क्यामेरा छन् । यसमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यसमा फिंगरप्रिन्टको सुविधा रहेको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ ।

नेपाली बजारमा यसको मूल्य १६ हजार ९९९ रूपैयाँ तोकिएको छ । हाल यो फोन दराजबाट प्रि बुकिङ गर्न सकिन्छ भने सप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुनेछ ।