कीवर्डहरू -

फेसबुकसँग डेटा सेयर गरेको भन्दै ह्वाट्सएपलाई ३६ अर्ब जरिवाना

फेसबुकसँग डेटा सेयर गरेको भन्दै ह्वाट्सएपलाई ३६ अर्ब जरिवाना

ह्वाट्सएपले फेसबुकसँग डेटा सेयर गरेको भनेर २६७ मिलियन डलर ईयू अर्थात ३६ अर्ब ९६ करोड १३ लाख रुपैयाँ जरिवाना तिर्ने भएको छ । आईरिस डेटा संरक्षण आयोगले ह्वाट्सएपको विरुद्ध यूरोपेली यूनीयनको प्रयोगकर्ताहरुसँग पर्याप्त विवरण सेयर नगरेको भनेर जरिवाना तिराउन लागेको हो ।

यो एपले सामान्य डेटा संरक्षण विनिमय (जिडिपिआर) पारदर्शिताको नियमलाई पालना नगरेको पाईएको छ । ह्वाट्सएपले सम्पर्क नम्बर एनोनिमस बनाउनु पर्ने ठाउँमा सियुडोनिमस बनाईरहेको पनि पाईएको थियो ।

नम्बर इन्क्रिप्ट गर्न ह्यास कोड प्रयोग गरेको पाइएको छ जसलाई सजिलै केही कोडका माध्यमले डिक्रिप्ट गर्न सकिन्छ । आईरिस डेटा संरक्षण आयोगले ह्वाट्सएपलाई आफ्नो पारदर्शितालाई सुधार गर्न र जिडिपिआर अन्र्तगत रहेर डेटा सेयर गर्न निर्देशन दिएको छ ।

आईरिस डेटा संरक्षण आयोगले सुरुमा ह्वाट्सएपलाई ६ अर्ब  मात्रै जरिवाना तिराउने सोचेको थियो तर जर्मनी र अरु देशहरुले प्राईभेसीको हानी हुँदा पनि आयोगले सजिलो सजाय दिन खोजेको भनेर आवाज उठाएपछि जरिवाना बढाइएको थियो । ह्वाट्सएप आफू एकदमै पारदर्शी नै रहेको भनेर ठहर गरिरहेको छ ।