कीवर्डहरू -

कालो वर्णको मानिसको भिडियोलाई ‘प्राइमेट्स’ लेबल लगाएपछि फेसबुकले माग्यो माफी

कालो वर्णको मानिसको भिडियोलाई ‘प्राइमेट्स’ लेबल लगाएपछि फेसबुकले माग्यो माफी

एआईले कालो वर्णको मान्छेहरुको भिडियोलाई ‘प्राइमेट्स’ लेबल लगाएपछि फेसबुकले माफी मागेको छ । न्यू योर्क टाइम्स्का प्रयोगकर्ताले कालो वर्णको मान्छेहरुको भिडियो हेरिरहँदा ‘प्राइमेट्स’ अर्थात बादँरहरुको भिडियो हेरिरहने भन्ने सोधेर नोटिफिकेसन आएको थियो ।

यस्तो ‘अस्वीकार्य त्रुटि’का लागि फेसबुकले माफी मागेको छ । फेसबुकले रिकमेन्डेसेन फिचरलाई पनि डिसेबल गरिदिएको छ । एआईमा अझै परिमार्जन गर्नुपर्ने एपले राम्ररी बुझेको पनि कम्पनीले ठहर गरेको छ । एआईमा लिगं र जातिय भेदभाव भएको यो पहिलो पटक होइन् ।

अनुहारबाट पहिचान गर्ने प्रविधिले धेरैपटक महिला र अरु वर्णहरुको पहिचानमा गल्ती गरेको पाइएको थियो । यही गलत पहिचानले दुई जना निर्दाेष कालो वर्णको मान्छेहरुलाई गिरफ्तार गरिएको थियो ।

सन् २०१५ मा गूगल फोटोले कालो वर्णको मान्छेहरुलाई गोरिल्ला भनेर ट्याग गरेको थियो र यसलाई हटाउन गूगलले ‘गोरिल्ला’ शब्दलाई सेन्सर गरिदिएको छ । फेसबुकले प्रोफेसनलहरुलाई राखेर एआईमा विभिन्न रङ्ग वर्णहरुलाई राम्रोसँग लेबल गर्न लगाएको छ ।