कीवर्डहरू -

सामाजिक सञ्जाल हुनका लागि चाहिने फिचर के के हुन ? 

सामाजिक सञ्जाल हुनका लागि चाहिने फिचर के के हुन ? 

आजभोलि सामाजिक सञ्जाल धेरै नै प्रयोग हुने शब्दावली पर्छ । यो वेबसाइट वा एप हो, जसको आफ्नै विशेषता रहेका हुन्छन् । सामाजिक सञ्जाल भनेको वेबमा आधारित साईटहरु हो जसले मान्छेहरुलाई एकअर्कासँग अन्र्तक्रिया गर्ने मौका प्रदान गर्ने गर्दछ । तर फेसबुक जस्तै विकिपिडिया पनि एक साईट हो त्यसलाई सामाजिक सञ्जाल भन्ने की नभन्ने भनेर कहिलेकाहीँ अप्ठयारो लाग्न सक्छ । त्यसैले आज हामी सामाजिक सञ्जाल के चाँहि रहेछ भन्ने विषयमा छलफल गर्नेछौँ ।

सामाजिक सञ्जालको समाज शब्दले मान्छेहरु एकअर्काबिच सूचना आदान प्रदान गर्नुलाई जनाउने गर्दछ र सञ्जाल शब्दले सञ्चार गर्न चाहिने माध्यमलाई जनाउने गर्दछ । त्यसैले सामाजिक सञ्जाललाई वेबमा आधारित सञ्चार टूल जसले मान्छेहरुलाई सूचना आदानप्रदान गरेर सञ्चार गर्न दिन्छ भनेर परिभाषित गर्न सकिन्छ । सामाजिक सञ्जाल आफैमा गहन विषय हो ।

सामाजिक सञ्जाल को केके फिचर हुने गर्दछन् त ?

सामाजिक सञ्जाल हुनलाई तल उल्लेख गरिएको एक न एक फिचर हुनैपर्ने हुन्छ ।

१. निजी यूजर अकाउन्ट :

यति तपाईलाई कुनै पनि साईटले लग इन गर्न मिल्ने निजी यूजर अकाउन्ट बनाउन दिन्छ भने त्यसैले नै त्यो यूजरमा आधारित अन्र्तक्रिया गर्न मिल्ने प्लेटफर्म हो भनेर देखाउने गर्दछ । धेरै जसो सामाजिक सञ्जाल को फिचरमा यो हुनेनै गर्दछ ।

२. प्रोफाइल पेज :

सामाजिक सञ्जाल सञ्चारकै लागि भएकाले कसैको बारेमा पनि विवरण दिन प्रोफाइल पेज एकदमै महत्वपूर्ण पक्ष हो । यसमा प्रोफाइल फोटो, बायो, वेबसाईट, सुझाव जस्ता विवरण हुने गर्दछन् ।

३. साथी, फलोअर ग्रुप, ह्यासट्याग आदि :

सामाजिक सञ्जाल एक आर्कसँग जोडिने माध्यम पनि हो ।

४. न्यूज फिड :

सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्नु भनेकै मलाई यो मान्छेबाट जानकारी चाहिन्छ भन्नु सरह हो । त्यही सूचनाहरु फलोअरका वास्तविक समयमा न्यूज फिडमा पु¥याउने गर्दछ ।

५. पर्सनलाइजेसन :

धेरैजसो समय सामाजिक सञ्जालले प्रयोगकर्ताहरुलाई यूजर सेटिङ्ग, प्रोफाइल कस्टोमाइज गर्ने र कसको जानकारी हेर्न चाहने जस्तो स्वतन्त्रता दिने गर्दछ । यसलाई आफू्खुशी प्रयोग गर्न सकिन्छ ।
६. नोटिफिकेसन :

सामाजिक सञ्जालले प्रयोगकर्ताहरुलाई केही कुराको बारेमा जानकारी गराउन नोटिफिकेसनको फिचर प्रयोग गर्ने गर्दछ । नोटिफिकेसनको माथि पनि प्रयोेगकर्ताको पूर्ण रुपले नियन्त्रण हुने गर्दछ ।

७. लाईक बटन र कमेन्ट सेक्सन :

सामाजिक सञ्जालले प्रयोगकर्ताहरुसँग प्रतिक्रिया लिनका लागि लाईक बटन र कमेन्ट सेक्सन राख्ने गर्दछन् ।

सामाजिक सञ्जाल र सामाजिक नेटवर्किङ बीचमा के फरक रहेको छ ?

धेरै मान्छेले सामाजिक सञ्जाल र सामाजिक नेटवर्किङलाई एउटै शब्दावली बनाएर प्रयोग गर्ने गर्दछन् । धेरै फरक नभएता पनि यी दुवै एक भने होइनन् ।
सामाजिक नेटवर्किङ सामाजिक सञ्जाल अन्र्तगत पर्ने गर्दछ । सामाजिक सञ्जालमा मिडिया पर्ने गर्दछ । मिडिया भनेको तपाईले सेयर गर्ने सूचना हो जसमा लेख, भिडियो, जिआईएफ, पिडिएफ डक्युमेन्ट जस्ता जानकारी रहेका थिए ।

नेटवर्किङ भनेको तपाईको दर्शकसँग सान्दर्भिक हुने गर्दछ र तपाईको आफ्नो दर्शकसँगको कस्तो सम्बन्ध छ भन्ने कुरामा असर पर्ने गर्दछ । तपाईको नेटवर्कमा साथी, परिवारजन, सहकर्मी, ग्राहक, शिक्षक र तपाईले चिनेजानेको सबै पर्ने गर्दछन् । यी दुईटै शब्दहरु एकहर्कासँग एकदमै नजिकिएको भएकाले कुन के हो भनेर छुट्याउन गाह्रो हुने गर्दछ ।

ब्लग पनि सामाजिक सञ्जालको भाग हो ?

ब्लगलाई मान्छेले आफ्नै छुट्टै विधामा राख्ने गर्दछन् तर धेरैले यो सामाजिक सञ्जाल भएको पनि बताउने गर्दछन् । ब्लगलाई यूजर अकाउन्ट, कमेन्ट सेक्सन र ब्लग नेटवर्कको फिचर भएको कारणले सामाजिक सञ्जाल भन्न सकिन्छ । टम्बलर, मिडियम, वर्डप्रेस र ब्लगरहरु ब्लगको केही उदाहरण हुन् ।

सामाजिक सञ्जालको नराम्रो प्रभावमा केके रहेका छन् ?

सामाजिक सञ्जालको नराम्रो प्रभावमा स्पयाम, साइबर आक्रमण र उत्पीडन, आफ्नो बारेमा झुठो वर्णन, धेरै नचाहिँदो जानकारीको स्रोत, गलत समाचार, गोपनीयता र सुरक्षामा प्रभाव जस्ता नकारात्मक प्रभाव पर्ने गर्दछ ।

सामाजिक सञ्जालको भविष्य कस्तो हुन्छ त ?

भविष्यको त कुनै पनि कुराको बारेमा बताउन गाह्रै हुन्छ तर सामाजिक सञ्जाल आउँदा दिनहरुमा अझै निजीकृत र गलत जानकारी कम भएको ठाउँ हुनेछ । नचाहिँदो कुरालाई फिल्टर गर्ने ट्रेन्ड आउनेछ । स्टोरीमा आधारित कन्टेन्टले अझै बढि प्राथमिक्ता पाउनेछ । सामाजिक सञ्जालमा चाँडै डिलिट हुने र भिडियो कन्टेन्टहरुलाई बढि प्राथमिक्तामा राख्नेछ ।