कीवर्डहरू -

खल्तीबाट रु. १ मा हवाई टिकट खरिद गर्न सकिने

खल्तीबाट रु. १ मा हवाई टिकट खरिद गर्न सकिने

खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर सञ्चालनमा ल्याएको छ।

यस अफर मार्फत् खल्ती मा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान टिकट प्राप्त गर्नेछन् ।

खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी दिएको छ ।

उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ । थप जानकारी खल्ती को ब्लग बाट पाउन सकिने छ ।