कीवर्डहरू -

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

प्रभु मनि ट्रान्सफर र वेष्टर्न युनियन मनि ट्रान्सफरबीच सम्झौता

प्रभु मनि ट्रान्सफरले वेष्टर्न युनियन मनि ट्रान्सफर (आयरल्यान्ड)सँग सम्झौता गरेको छ । प्रभुले आफ्ना ग्राहकलाई सहज र सरल तरिकाले रकम पठाउन तथा प्राप्त गर्न वेष्टर्न युनियन मनि ट्रान्सफरसँग सम्झौता गरेको जनाएको छ ।

सम्झौतामा प्रभु मनि ट्रान्सफरका रामेश्वर सापकोटा र वेष्टर्न यूनियन नेटवर्क (आयरल्याण्डा लिमिटेड)का प्रतिनिधि एलेनले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै यसले विदेशबाट वेष्टर्न युनियनमार्फत पठाएको रकम प्रभु मनि ट्रान्सफरमार्फत नेपालका विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी तथा वालेटहरुमा रहेको ग्राहकहरुको खातामा तुरुन्तै रकम जम्मा हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।