कीवर्डहरू -

कस्तो थियो प्राचिनकालमा आर्टीफिसिअल इन्टेलिजेन्सको भूमिका ?

कस्तो थियो प्राचिनकालमा आर्टीफिसिअल इन्टेलिजेन्सको भूमिका ?

आर्टिफिसियल इन्टेलिजेन्स धेरै अघिदेखि प्रचलनमा आएको मानिन्छ,ग्रिकका पुराना कल्पित कथाहरुमा मानिसको बानीको अनुकरण गर्ने मेकानिकल मेनु उल्लेख गरेको पाइन्छ । प्राचिनकालमा युरोपमा तार्किक क्षमता भएका कम्प्युटरको परिकल्पना गरिएको थियो । त्यस्तै यान्त्रिक दिमाग तयार गर्नका लागि इन्जिनियरहरुले अंकगणित, सम्झने शक्ति जस्ता क्षमताहरुको बारेमा खोज गरेको थिए ।


मानिसको निर्णय गर्ने प्रक्रियाको अनुकरणमा आर्टिफिसियल इन्टेलिजेन्स केन्द्रित रहन्छ र मानबिय प्रक्रियाद्वारा  कार्यहरु गर्ने गर्छ भन्ने कुराको  जटिल गणना गरिने भएता पनि  हाम्रो दिमागले कसरि काम गर्छ र एआइले के प्रस्तुत गर्छ भन्ने कुराहरुमा मानिसको धारणा टेक्नोलोजिले परिवर्तन गर्दै लागेको छ ।


बुद्दिमानी ढंगले कार्य सम्पादन गर्न बनाएको डिभाइज अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सलाई  एप्लाइड र जेनेरल गरि दुईवटा समुहमा वर्गीकरण गरिएको छ । एप्लाइड एआइ साझा रुपमा प्रयोग गरिने सिस्टम  हो । स्टक र शेयरको बुद्धिमानी ढंगले  व्यापार गर्न   यो प्रणाली तयार गरिएको हो । त्यस्तै स्वचालित गाडीहरु पनि यहि समुह अन्तर्गत पर्दछ ।

जेनेरल एआइ  कुनै एउटा प्रणाली वा यन्त्रहरुमा तयार गरिएको सिद्धान्त हो,जसले जसले साना साना कार्यलाइ सँभाल्छ ।यो त्यतिधेरै प्रचलनमा नआए पनि आजकल यहि क्षेत्रमा उत्साहजनक प्रगति भईरहेको छ । मेसिन लर्निंग को क्षेत्रको विकासको लागि जेनेरल एआइले  एकदमै ठुलो भूमिका खेलेको छ ।
धेरै बर्षदेखि हामी मेसिन लर्निंग ,डीप लर्निंग र आर्टीफिसिअल इन्तेलीजेन्सको बारेमा सुन्दै आइरहेका छौ तर हामीले यी तिनवटै कुराको  कसरि फरक छुट्टाउने र यी तीन कुराहरु कसरि एकापसमा सम्बन्धित छन् ।


आर्टीफिसिअल इन्टेलिजेन्स

आर्टीर्फिसियल इन्टेलिजेन्स मानिसको अद्वितीय तर्क संकायको नक्कल गर्ने उद्देश्यले तयार गरिएको साधारण क्षेत्र संग सम्बन्धित छ र यहाँ सबै भन्दा उल्लेख्य भूमिका मेसिनको  बुद्धिमत्ता अर्थात् इन्टेलिजेन्सको रहेको हुन्छ । \"\"

मेसिन लर्निंगलाई  आर्टीर्फिसियल इन्टेलिजेन्सको ठुलो क्षेत्र भित्रकै एउटा वर्ग मानिन्छ र मेसिनको सिक्ने क्षमतासंग यो सम्बन्धित रहन्छ ।मेसिन लर्निंगले भबिस्यमा निर्णय लिने र भबिस्यवनी गर्ने जस्ता कार्यहरुका लागि  डाटाहरुको ढाँचा खोज्ने कार्य गर्दछ भन्ने कुरा एल्गोरिदमको प्रयोग द्वारा पत्ता लगाइएको हो ।

अर्कोतिर डीप लर्निंग भन्नाले यो एउटा मेसिन लर्निंगकै सवसेट हो।यो आर्टीर्फिसियल इन्टेलिजेन्सको अत्याधुनिक क्षेत्र हो,यो मेसिनलाइ मानिस जस्तै सोच्ने र सिक्ने बनाउने सम्भव गराउने उद्देश्यका  लागि एआइसंग नजिक छ ।छोटकरीमा भन्दा डीप लर्निंग मेसिन लर्निंगको सवसेट हो र  मेसिन लर्निंग आर्टीर्फिसियल इन्टेलिजेन्स भित्र पर्दछ ।