कीवर्डहरू -

फिङ्गरप्रिन्ट सेन्सरले स्मार्टफोनमा कसरी काम गर्छ ?

फिङ्गरप्रिन्ट सेन्सरले स्मार्टफोनमा कसरी काम गर्छ ?

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य दस्तावेज र आफ्ना डाटालाई सुरक्षित गर्न पिनकोड, पासवर्ड र प्याटन प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो । तर अब भने त्यो बाध्यताको अन्तय भएको छ ।

अति नै सुरक्षित मानिएको फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरि मोबाइल लक गर्ने युगको प्रारम्भ भएको छ । अब मोबाइल प्रयोगकर्ताले आफ्नो औठा छाप (फिङ्गरपिन्ट) बाट मोबाइल फोन अनलक गर्न सक्नेछन ।यो एमदमै सहज प्रक्रिया मानिएको छ जसका कारण अब प्रयोगकर्ताहरु पासवर्ड र पिन याद गरिराख्न पर्ने झन्झटबाट समेत मुक्त भएका छन ।

फिङ्गरप्रिन्ट सेन्सरको विकास

\"\" फिङ्गरप्रिन्ट सेन्सरका पहिलो प्रयोग तोसिवा जी ५०० र जी ९०० मोबाइल फोनले २००७ मा गरेको हो । तर, २०१५ सम्म आइपुग्दा यस फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग एप्पलले आफ्नो आइफोन ५एसमा गरेको थियो । यस पश्चात एप्पपका अन्य सबै डिभाइसहरुमा यो प्रविधि प्रयोग गरिँदै आएको छ र यो अपरिहार्य अङ्ग जस्तै हुन पुगेको छ ।

त्यसैगरि सामसुङ्गले आफ्नो फ्लागसिप फोन ग्यालेक्सी एस५ मा यस प्रविधिको प्रयोग गरेको छ । यसका साथै एन्ड्रोइड ६.० मार्सम्यालो अपरेटिङ्ग सिस्टममा आइओएसको टचआइडी जस्तै लाग्ने फिङ्गरप्रिन्ट स्क्यानर सपोर्ट फिचर राखिएको छ । यस कारण आज प्राय एन्ड्रोइड स्मार्टफोनहरु फिङ्गरप्रिन्ट स्क्यानरतर्फ आकर्षित हुन पुगेको देखिन्छ । हिजोआज फिङ्गरप्रिन्ट सेन्सर स्मार्टफोनको अभिन्न अङ्ग जस्तै बन्न पुगेको तथ्यलाई नकार्न सकिन्न ।

फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ  ?

\"\" एप्पलमा फिङ्गरप्रिन्ट सँग सम्वन्धित सफ्टवेयरलाई टच आइडी भनिन्छ । आइफोनको होम बटनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । यो लेजरले काटिएको सेफायर (निलम) बाट बनेको हुन्छ जसमा स्क्रयाच लाग्दैन । स्क्रायाच लागेको खण्डमा फिङ्गगरप्रिन्ट स्क्यानरले राम्ररी काम गर्न सक्दैन ।

त्यसैगरी सामसुङ्गमा पनि फिङ्गरप्रिन्ट स्क्यानर होम बटनमै समाबेस गरिएको हुन्छ भने अन्य स्माटफोनहरुमा यसलाई स्मार्टफोनको पछाडीपट्टी राखिएको हुन्छ जुन कुनै मेटालिक रिङ्ग जस्तो देखिन्छ ।

ती सेन्सरहरुले क्यापासिटिभ टचको प्रयोग गर्छ जसले प्रयोगकर्ताको फिङ्गरप्रिन्ट डिटेक्ट गर्ने काम गर्दछ । जसका कारण फिङ्गरप्रिन्टको डिजिटल इमेज क्यापचर गर्दछ । फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरेर प्रयोगकर्ताले एक सेकेन्ड भन्दा कम समयमा आफ्नो मोबाइल अनलक गर्न सक्नेछन भने आफ्ना गोप्य दस्ताबेजहरु पनि सहजै लक एवम् अनलक गर्न सक्ने छन । आफ्नो व्यक्तिगत जानकारीहरु गोप्य राख्न यस प्रविधिलाई प्रभावकारी मानिएको छ ।

फिङ्गरप्रिन्ट सेन्सरको भविष्य

\"\" फिङ्गप्रिन्ट सेन्सर प्रविधि सहज र सुरक्षित मानिएको प्रविधि हो । यसप्रति आजका मोबाइल खरिदकर्ताको आकर्षण बढेको छ । प्रयोगकर्ताको आकर्षण बढेसँगै मोबाइल फोनमा यस प्रविधिको प्रयोग बढ्दो छ । हिजो आज महँगा फ्लागसिप स्मार्टफोनहरुमा मात्र नभई मिडरेन्ज स्मार्टफोनहरुमा पनि यस फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गर्न थालिएको छ ।

यसका अलावा मोबाइल खरिदकर्ताहरुको फिङ्गरप्रिन्ट सेन्सर प्रतिको क्रेजलाई मध्यनजर गरि फिङ्गरप्रिन्ट सेन्सरयुक्त बजेट स्मार्टफोनहरुको विकासमा मोबाइल विकासकर्ताहरुको ठूलो हिस्सा त्यस तर्फ अग्रसर भएको देखिन्छ ।

अत्याधुनिक एवम् अति नै सुरक्षित मानिएको यस फिङ्गरप्रिन्ट स्क्यानर प्रविधि अगामी दिनमा प्याटर्न लम पिन लक र पासवर्ड जस्तै मोबाइल सेक्युरिटीको अभिन्न अङ्ग हुने निष्चित प्राय छ ।

फिङ्गरप्रिन्ट स्कानर र डूअल क्यामेराले अवलंवन गर्ने प्रविधि र यसमा आगामी दिनमा देखापर्न सक्ने कमिकमजोरी पहिचान गरि यसलाई सुधार्न तर्फ मोबाइल विकासकर्ताले ध्यान दिनुपर्ने देखिन्छ ।

यसो गर्न सके यो प्रविधि कालान्तर सम्म चलिरहने आङ्कलन गर्न सकिन्छ । यी दुई अत्याधुनिक प्रविधि आजको आवश्यकताझै भएको सन्दर्भमा अहिलेको जमाना डूअल क्यामेरा र फिङ्गरप्रिन्ट सेन्सरको हो भन्दा यसमा दुईमत नहोला ।

\"\"