कीवर्डहरू -

एनसेलले बुझायो सरकारलाई सबैभन्दा धेरै रोयल्टी र दस्तुर  

एनसेलले बुझायो सरकारलाई सबैभन्दा धेरै रोयल्टी र दस्तुर  

दुरसञ्चार सेवा प्रदायकहरुले सरकारलाई बुझाएको रोयल्टी रकममा एनसेल सबैभन्दा अगाडी रहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ र०७८ को वार्षिक प्रतिवेदन अनुसार एनसेलले १ अर्ब ८७ करोड ७ लाख ३५ हजार ५२८ रुपैया सरकारलाई बुझाएको छ ।


प्रतिस्प्रधी सस्था नेपाल टेलिकमले नेपाल सरकारलाई बुझाएको रोयल्टी रकम १ अर्ब ३८ करोड ९३ लाख ३३ हजार ३८४ रुपैया रहेको छ । इन्टरनेट सेवा प्रदायक (आइएसपी) मा सबैभन्दा बढि रकम वल्र्डलिंकले बुझाएको छ । वल्र्डलिंकले ११ करोड ८२ लाख रकम बुझाएको छ भने सुविसुले ५ करोड ७० लाख रकम सरकारलाई रोयल्टी मार्फत बुझाएको छ ।

\"\"

यसैगरी ग्रामिण दुरसञ्चार कोषमा बुझाएको रकमका्े विवरण हेर्दा ऐनसेल नै अगाडी रहेको छ । एनसेलले ९३ करोड ४८ लाख ९५ हजार ४ सय २९ रुपैया दुरसञ्चार कोषमा बुझाएको छ । नेपाल टेलिकमले ६९ करोड ४६ लाख ६६ हजार ६ सय ९२ रुपैया दुरसञ्चार कोषमा बुझाएको छ । वल्र्डलिंकले ५ करोड ९१ लाख १२ हजार ३ सय रुपैया ग्रामिण दुरसञ्चार कोषमा बुझाएको छ ।

एनसेलले गत आर्थिक वर्षमा मात्रै विभिन्न कर, रोयल्टी, फ्रिक्वेन्सी र कोषमा जम्मा गर्ने रकम सबै गरेर २७ अर्ब रुपैयाभन्दा बढि रकम सरकारलाई बुझाएको छ । एनसेलमा अहिले ५४० बढि कर्मचारी कार्यरत रहेको प्राधिकरणले प्रतिवेदनमा उल्लेख गरेको छ ।

\"\"

दुरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले हरेक वर्ष फ्रिक्वेन्सी दस्तुर, ग्रामिण दुरसञ्चार कोष, रोयल्टी मार्फत वर्षमा ९० अर्बबढि रकम सरकारलाई बुझाउदै आएका छन । आर्थिक वर्ष २०७५र०७६ मा सबैभन्दा बढि ९८ अर्ब बढि रकम सरकारलाई बुझाइएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।


टेलिफोन सेवाको बजारमा भने नेपाल टेलिकम अग्रणी देखिन्छ । टेलिकममा विभिन्न मोवाइल, टेलिफोन सेवाहरु सहित ५२ प्रतिशत बजार हिस्सा रहेको छ भने एनसेलको मोवाइल सेवाको मात्रै ४२ प्रतिशत बजार हिस्सा रहेको छ ।