कीवर्डहरू -

डिशहोमको ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने

डिशहोमको  ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने

डिशहोमको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटिभी निःशुल्क पाइने भएको छ । डिशहोमले यसका लागि ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटिभी’ अफर सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानी गर्दा आईपीटिभी निःशुल्क पाउने जानकारी दिइएको छ । एक वर्षे प्याकेजको मूल्य १२ हजार नौ सय ९९ रुपैयाँ हुने जनाईएको छ ।

सो प्याकेज लिने ग्राहकले आईपीटिभीसहित जडान गर्दाको ड्रप वायर, राउटर, सेटअप बक्स पनि निःशुल्क पाउने कम्पनीले जनाएको छ । त्यस्तै डिशहोमले १०० एमबीपीएसको इन्टरनेट मासिक आठ सय ९९ रुपैयाँमा उपलब्ध गराइरहेको छ ।