कीवर्डहरू -

द अर्बन स्पेस : स्मार्ट घरहरको लागी नयाँ  ठेगाना

अर्बन स्पेसमा प्रयोग हुने प्रविधिहरु 

द अर्बन स्पेस : स्मार्ट घरहरको लागी नयाँ  ठेगाना

देश विकासको लागि शहरहरु आधारभूत हिस्सा बनेका छन्। अधिक अवसरहरु देखि व्यापक आर्थिक विकास सम्म , शहरले ती सबैलाई पूरा गर्छ। तर प्रतिज्ञा गरिएका अवसर र समृद्धि संग, के हाम्रा शहरहरु सुरक्षित र आरामदायक घरहरुको लागी सुलभ छन्?

धेरै हदसम्म , शहर भनेको त्यहाँ हुने घरहरुको एक प्रतिबिम्ब हो। बढ्दो र अप्रबन्धित शहरी बस्तीका कारण  समृद्धि र अवसरहरु कटु शहरी वास्तविकता संगै आएका छन्। दिगो शहरी विकासको लागी उत्कृष्ट डिजाइन, अप-टु-डेट टेक्नोलोजी, र एकीकृत योजना भएका शहरी स्पेसहरुको आवश्यकता छ र यो सबैको सुरुवात शहरमा बन्ने घरहरु बाट नै हुन्छ ।

शहरी विकास समस्याहरुका लागी द अर्बन स्पेस सही उपचार हो। रिंग रोड बाट २०० मिटरको दूरीमा स्थित , अर्बन स्पेस विश्व स्तरीय टाउन हाउस प्रणाली हो। सुरक्षित र आरामदायक बासस्थल र स्मार्ट , न्यायसंगत, लचीला, र दिगो शहरहरुको लागी एक दीक्षा प्रदान गर्ने लक्ष्य साथ द अर्बन स्पेस आएको छ । सीमाहीन समुदायहरुको निर्माण र टाउनहाउस प्रणाली लाई अगाडि ल्याउन जन्म भएको अर्बन स्पेस घर निर्माणको लागी एक क्रान्तिकारी अवधारणा हो

\"\"

घर आज एकआश्रय मात्र होईन तर सुरक्षित र आरामदायक स्पेस हो। शीर्ष श्रेणीको टेक्नोलोजी अर्बन स्पेसको सबैभन्दा ठूलो खासियत हो। यो खासियतले अर्बन स्पेसलाई उपभोक्ताहरुको लागी डिजिटल दुनियामा एक साथ सुरक्षा र आराम दिन मद्दत गरेको छ। अर्बन स्पेसले तपाईंलाई तपाइँको स्मार्ट घर प्रदान गर्नेछ ।

शहरी विकास समस्याहरुका लागी द अर्बन स्पेस सही उपचार हो। रिंग रोड बाट २०० मिटरको दूरीमा स्थित , अर्बन स्पेस विश्व स्तरीय टाउन हाउस प्रणाली हो। सुरक्षित र आरामदायक बासस्थल र स्मार्ट , न्यायसंगत, लचीला, र दिगो शहरहरुको लागी एक दीक्षा प्रदान गर्ने लक्ष्य साथ द अर्बन स्पेस आएको छ ।

अर्बन स्पेस मा प्रयोग हुने प्रविधिहरु

स्मार्ट ग्याँस पाइपलाइन

नेपालमा पहिलो पटक , अर्बन स्पेसले स्वचालित ग्यास आपूर्ति व्यवस्था लेराएको छ। ग्यास सिलिन्डर परिवर्तन गरिराख्नु पर्ने  र ब्याकअपको रूपमा सिलिन्डरहरु राख्नु पर्ने अब कुनै झन्झट हुँदैन। भान्सा एक स्मार्ट मिटर ग्यास पाइपलाइन संग जोडिएको हुन्छ जुन भुक्तानी र रिफिलको लागी मोबाइल बाट नै संचालन गर्न सकिन्छ। नेपाली घरहरुमा ग्यास चुहावटको समस्याहरु धेरै हुने गरेको पाइन्छ जसको कारण ग्यास सिलिन्डर सधैं एक सुरक्षा चिन्ताको विषय बनेको छ। परम्परागत घरहरुमा ग्यास चुहावटको कारण हुने आगलागी अवगत नै छ। सुरक्षित र सहज जीवन अनुभवको लागी स्मार्ट ग्यास पाइपलाइन एक समाधान हो।

स्मार्ट निगरानी

घरको सुरक्षा प्रणालीको कुरा गर्दा सुरक्षा क्यामेराहरू महत्तोपुर्ण उपकरण हुन्। अर्बन स्पेसले २४ *७ स्मार्ट निगरानी सुविधा प्रदान गर्दछ जसले गर्दा बहुमूल्य सामान र सम्पत्तीको चोरी र डकैती जस्ता कुरामा चिन्ता लिनु पर्दैन । घरमा घटित घटनाहरुको निगरानीको लागी सुरक्षा क्यामेराहरू स्थापित गरीएको हुन्छ । क्यामेरा बाट भिडियो फुटेज संकलन गर्न सकिन्छ । घरमा यदि सुरक्षा भंग भएको छ भने प्रमाणको रुपमा भिडियो फुटेजले मद्दत गर्छ। इन्टरनेट जडानको मद्दत संग सुरक्षा क्यामेराहरु कम्प्यूटर, ट्याब्लेट, र मोबाइल फोन जस्ता उपकरणहरुमा टाढा बाट नै पहुँच गर्न सकिन्छ। तपाइँ शारीरिक रूपमा त्यहाँ उपस्थित नभएपनि तपाइँको घरमा हुने गतिविधिहरुको पहुँच सजिलै संग हुन्छ।  धेरै हदसम्म स्मार्ट निगरानीको स्थापनाले  घुसपैठियोंद्वारा हुने  घर-सुरक्षा उल्लंघनको प्रवृत्ति कम गर्दछ।

\"\"

स्मार्ट गेट

घरको सुरक्षा मिच्न पार गर्नु पर्ने पहिलो प्रवेश बिन्दु नै घरको मुख्य गेट हुन्छ। यही कारणले गर्दा घरको गेट स्मार्ट सुरक्षा उपकरणहरु संग सुरक्षित हुनु पर्छ। स्मार्ट-लक स्मार्ट गेटको मुख्य विशेषता हो। परम्परागत घरहरुको ताला जस्तै स्मार्ट-लकको लागि पनि एउटा ढोका र चाबी हुन्छ तर यहाँ चाबीको रुपमा स्मार्टफोन/ट्याब्लेट/कम्प्युटर हुन्छ । स्वचालित रूपमा ढोका लक र अनलक गर्न मोबाइल उपकरण , वाई- फाई, र ब्लुटुथको माध्यमबाट स्मार्टफोन/ट्याब्लेट/कम्प्युटरमा प्रमाणीकरण प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ। गेटको भर्चुअल चाबीको उपयोग केवल घर मालिक वा घर मालिकले पहुँच दिने कसैले गर्न पाउँछ। केवल एक मोबाइल ट्यापको भरमा तपाईंको मूल्यवानसम्पतिको रक्षा हुन्छ

नवीनतम प्रविधिहरु संग सुसज्जित , अर्बन स्पेसले बुद्धिमानी ढंगमा स्मार्ट घर स्वचालन प्रणालीलाई ऊर्जा-बचत उपकरणको रूपमा अगाडि लेराएर दिगो भविष्यको प्रतिज्ञा गर्दछ।

सेन्ट्रल हिटिङ्ग

घर स्वचालन प्रविधि/होम अटोमेसन टेक्नोलोजीको मद्दत संग , सेन्ट्रल हिटिङ्गले जाडोमा पनि घरलाई न्यानो राख्छ । सेन्ट्रल हिटिङ्गमा मोबाइलजस्तो उपकरणको मद्दतले हीटिंग सिस्टम नियन्त्रण गर्न सकिन्छ । घर भित्रको तापमान परिवर्तन गर्न तपाइँलाई मात्र एक मोबाइल फोन (वा कम्प्युटर/ट्याब्लेट) र एक इन्टरनेट जडानको आवश्यक हुन्छ।  जाडोमा न्यानो महसुस गर्न बाक्ला सिरक र धेरै कपडा लगाएर बस्न नपर्ने गरि नेपालमा पहिलो पटक अर्बन स्पेसले सेन्ट्रल हिटिङ्गको व्यवस्था लेराएको हो ।

अन्य स्मार्ट घर स्वचालन प्रविधि

माथि उल्लेखित प्रविधिहरु बाहेक , घरको रोशनी, मनोरन्जन, तापमान नियन्त्रण, र मल्टीमीडिया पनि अर्बन स्पेसमा घर सुरक्षा प्रणाली संग जोडिएका छन् । स्मार्ट घर स्वचालन प्रविधि संग , यी सबै घरेलु आवश्यकताहरु तपाइँको स्मार्टफोनमा एक ट्याप द्वारा  नियन्त्रण गर्न सकिन्छ।

तपाइँको नयाँ स्मार्ट ठेगाना

नवीनतम प्रविधिहरु संग सुसज्जित , अर्बन स्पेसले बुद्धिमानी ढंगमा स्मार्ट घर स्वचालन प्रणालीलाई ऊर्जा-बचत उपकरणको रूपमा अगाडि लेराएर दिगो भविष्यको प्रतिज्ञा गर्दछ। सुरक्षा, आराम, र दिगोपनको ग्यारेन्टी आफैमा एक क्रान्ति हो। विश्व डिजिटल रूपान्तरण संगै, आवास उद्योगलाई पनि संगसंगै त्यही रूपान्तरणमा ढाल्दै जानु पर्छ  भन्ने कुरामा अर्बन स्पेस विश्वास राख्दछ । प्रविधिले उद्योगलाई  तिखार्छ र उत्कृस्ट उत्पादनमा सेवा पुर्याउँछ। आजको समयमा जब सुरक्षा रआराम घर धनिको प्रमुख रोजाइ बनेको छ, प्रविधि मैत्री घरको निर्माण अत्यन्तै जरूरी हुन जान्छ।

घर तपाइँको लगानी हो र तपाइँको लगानीलाई योग्य बनाउनको लागी अर्बन स्पेस एक माध्यम हो। अर्बन स्पेसले तपाइँ र तपाईंको शहरलाई सहजता र गुणस्तरीय सेवा प्रदान गर्दछ । यो सेवा लिए संगै तपाइँ स्मार्ट शहरको डिजाइन  र व्यवस्थित शहरीकरण को दिशामा एक कदम अगाडी बढ्नु हुने छ ।