कीवर्डहरू -

आईएसओ फाइल भनेको के हो ? कहाँ प्रयोग हुन्छ ?

आईएसओ फाइल भनेको के हो ? कहाँ प्रयोग हुन्छ ?

तपाईमध्ये धेरैले आईएसओ फाइल प्रयोग गर्नुभएको छ । आईएसओ फाइललाई आईएसओ इमेज पनि भनिन्छ ।

आज हामी तपाईलाई आईएसओ फाइल भनेको केहो ? कहाँ प्रयोग हुन्छ ? गर्ने भनेर जानकारी दिदैछौं ।

आईएसओ फाइल भनेको के हो ?

आईएसओ फाइललाई आईएसओ ईमेज पनि भनिन्छ । यसमा एउटै फाइलले सिडी, डिभीडी वा बिडी सबैलाई प्रतिनिधित्व गर्ने गर्दछ ।

कुनै पनि डिस्कको फाइललाई एउटा आईएसओ फाइलमा डुप्लिकेट गर्न सकिन्छ । यसलाई सबै सामान अटाउने बाकसको रुपमा पनि बुझ्न सकिन्छ ।

आईएसओ फाईल कहाँ प्रयोग हुन्छ ?

आईएसओ ईमेजलाई ईन्टरनेटमा लामो प्रोग्रामहरु वितरण गर्नका लागि काम लाग्ने गर्दछ । यसको एउटा उदाहरण भनेको ओप्राक पासवर्ड रिकभरी टूल हो ।

यसमा सम्पूर्ण अपरेटिङ सिस्टम र सफ्टवेयरको थुप्रै पिसहरु हुने गर्दछ । प्रोग्राम बनाउनलाई चाहिने सबै कुरा एउटै फाइलमा हुने गर्दछ ।

ओप्राक जस्तै थुप्रै अरु प्रोग्रामहरुले पनि आईएसओ फाईल प्रयोग गर्ने गर्दछ । बिटडिफेन्डर रेसक्यु सिडी जस्तो बुटेबल एन्टीभाईरस प्रोग्रामले पनि आईएसओ प्रयोग गर्ने गर्दछ ।

कुनै टूल सपोर्ट गर्नुपर्ने हरेक प्रोग्राम सिगंल आईओएस फाईलमा समावेश गरिएको हुन्छ । यसले डिस्क वा अरु डिभाईसलाई सजिलै बर्न गर्न दिन्छ ।

आईओएस फाईल कसरी बर्न गर्ने ?

आईओएस फाईल प्रयोग गर्न सबैभन्दा सजिलो तरीका भनेको सिडी, डिभीडी वा बिडी डिस्कलाई बर्न गरेरनै हो । विन्डोज १०,८ र ७ ले कुनै थर्ड पार्टी सफ्टेयर प्रयोग नग रिकनै डिस्कमा आईएसओ ईमेजलाई बर्न  गर्न दिन्छ ।

आईएसो फाईललाई डब्ल क्लिक गरेर आएको प्रम्प्टलाई फलो गर्दै जाँदा आईओएस फाईल बर्न हुने गर्दछ । यूएसबी डिभाईसमा पनि यसरीनै आईओएस फाईल बर्न गर्न सकिन्छ ।

केही हार्ड डिस्कका टूलहरु अपरेटिङ प्रणाली बाहिरमात्रै प्रयोग गर्न मिल्छ । यस्तो बेलामा अनिवार्य रुपमानै फाइल बर्न गर्नुपर्छ ।

आईओएस फाईल किन बनाइन्छ ?

धेरै निःशुल्क प्रोग्रामहरुले आईओएस फाईल बनाउन दिन्छ । सफ्टवेयर वा कुनै अरु डिस्कलाई ब्याक अप गर्नुपर्दा आईओएस फाईल बनाइन्छ ।

आईओएस फाईल कसरी माउन्ट गर्ने ?

माउन्टीङ भनेको अपरेटिङ सिस्टमले स्टोरेज डिभाईसमा फाइल बनाउनु हो । यसलाई कम्प्यूटर फाईल सिस्टमकै माध्यमले पहुँच पाउन सकिन्छ । कतिपय चोटि तपाईले इन्टरनेटबाट डाउनलोड गरेको आईओएस फाईल माउन्ट गर्नुपर्ने हुन्छ ।

यस्तो बेलामा तपाईले आफ्नो कम्प्यूटरलाई आईएसो फाइल पनि स्टोरेज डिस्क हो भन्ने विश्वास गराउनुपर्ने हुन्छ । यसरी तपाईले आफ्नो आईओएस फाईललाई वास्तविक रिडी वा डिभीडी भएजसरीनै प्रयोग गर्न सक्नुहूनछ ।

भिडियो गेम खेल्नलाई माउन्टीङ प्रक्रिया काम लाग्ने गर्दछ । डिस्क इम्युलेटर प्रयोग गरेर आईओएस फाईललाई माउन्ट गर्न सकिन्छ । यसमा तपाइको आईओएस फाईलले कुन ड्राइभ लेटरको प्रतिनिधित्व गरेको छ भनेर मात्रै छनौट गर्नुपर्छ ।

ड्राइभ लेटर भर्चुअल ड्राइभ भएता पनि विन्डोजले त्यसलाई वास्विक ड्राइभकै रुपमा लिने गर्दछ । विन्डोज १० वा ९ हुनेले राईट क्लिक गरेरै आईओएस फाईललाई माउन्ट गर्न सक्छन् ।