कीवर्डहरू -

सन् २०२३ सम्ममा मात्रै पूर्ण रूपमा फेसबुक र इन्स्टाग्राममा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर

सन् २०२३ सम्ममा मात्रै पूर्ण रूपमा फेसबुक र इन्स्टाग्राममा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर

मेटाले फेसबुक र इन्स्टाग्राममा सन् २०२३ सम्ममा पूर्ण रुपमा इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउने भएको छ । पहिले सन् २०२२ को अन्त्यसम्ममा कम्पनीले पूर्ण रूपमा म्यासेज इन्क्रिप्ट गर्ने फिचर सार्वजनिक गर्ने योजना बनाएको थियो ।

तर अब यो सुविधा सन् २०२३ मा मात्रै उपलब्ध हुने भएको छ । यो थप सुरक्षा फिचर पहिलेनै ह्वाट्सएपमा सुचारु रहेको छ तर फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा अहिलेसम्म यो सुविधा रहेको छैन् ।

यो फिचर चाँडै उपलब्ध भएमा थप सुरक्षा पाउने हुँदा प्रयोगकर्ताहरुले लामो समयदेखि यो फिचरको पखाईमा रहेका छन् ।