कीवर्डहरू -

एनआईबीएल सहभागिता फण्डको खरिद भुक्तानी अब ईसेवाबाटै गर्न सकिने

एनआईबीएल सहभागिता फण्डको खरिद भुक्तानी अब ईसेवाबाटै गर्न सकिने

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले ईसेवासँग सहकार्य गर्ने भएको छ ।

क्यापिटलले आफ्नो ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै आज अर्थात् मंगलबारदेखि एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी ईसेवाबाटै गर्न सकिने व्यवस्था गरेको हो ।

यस अघि एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताहरूलाई कनेक्ट आईपीएस, खल्ती र नेपाल इन्भेष्टमेन्ट बैंकको ई–बैंकिङबाट मात्र भुक्तानीको सुविधा थियो ।

थप सेवा विस्तार गर्दै योजना व्यवस्थापक प्रबन्धक, एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरूलाई विना झन्झट खुलामुखी योजनामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको समेत बताएको छ ।