कीवर्डहरू -

९५ प्रतिशत साइबरसुरक्षा समस्या ‘ह्युमन एरर’ ले हुन्छः वर्ल्ड इकोनोमिक फोरम

९५ प्रतिशत साइबरसुरक्षा समस्या ‘ह्युमन एरर’ ले हुन्छः वर्ल्ड इकोनोमिक फोरम

९५ प्रतिशत साइबरसुरक्षा समस्या मान्छेकै गल्तीले गर्दा आउने वर्ल्ड इकोनोमिक फोरमक रिपोर्टले देखाएको छ । इन्टरनेटमा दैनिक रुपमा २ हजार साइबर आक्रमणहरु हुने गर्दछन र यसमा ९५ प्रतिशत आक्रमण ‘ह्युमन एरर’ ले हुने गरेको वर्ल्ड इकोनोमिक फोरमको रिपोर्टले देखाएको हो ।

यो कुराको जानकारी वर्ल्ड इकोनोमिक फोरमले ग्लोबल रिस्क रिपोर्ट जानकारी दिएको छ । डिजिटल स्पेस कोभिड महामारीले गर्दा विस्तृत हुँदै गईरहेको छ र यसको फाइदा ह्याकरहरुले उठाइरहेका छन् ।

डिजिटल कमर्सको वृद्धिले पनि ह्याकहरु बढ्दै गएको देखिन्छ । रिपोर्टमा ४३ प्रतिशत डेटा ब्रिचहरु इन्साइडर थ्रेटले हुने गरेको उल्लेख गरिएको छ ।