कीवर्डहरू -

ग्राहकलाई निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउँदै वर्ल्डलिंक

ग्राहकलाई निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउँदै वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ग्राहकलाई निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउने भएको छ ।

सिंगल ब्याण्ड राउटर प्रयोग गरिरहेका ग्राहकलाई वर्ल्डलिंकले निःशुल्क डुअल ब्याण्ड राउटर दिने भएको हो । कुनै अतिरिक्त शुल्क बिना कम्पनीको नजिकको शाखाबाट डुअल ब्याण्ड राउटर लिन सकिने वर्ल्डलिंकले जनाएको छ ।

तर वर्ल्डलिंकले राउटर अपग्रेड सुविधा सबै ग्राहकले नपाउने कम्पनीले जनाएको छ । राउटर अपग्रेडका लागि मोबाइलमा एमएसएम पाएका ग्राहकले मात्रै यो सुविधा पाउने छन् ।

वर्ल्डलिंकले हाल ६०० एमबीपीएससम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ भने आफ्नो न्युनतम इन्टरनेट स्पीड १५० एमबीपीएस कायम गरेको छ ।