कीवर्डहरू -

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक, कति छ मूल्य ?

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक, कति छ मूल्य ?

एक्यूफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा सार्वजनिक भएको छ । सिमलेस ब्लुटुथ कलिङ सुविधा भएको स्मार्टवाच सार्वजनिक भएको हो ।

प्रयोगकर्ताहरूले फोन नम्बर हेर्न, इतिहास हेर्न र टेक्स्ट मेसेजहरू स्मार्टवाचबाट पठाउन सक्नेछन् । यसले मुटुको चलायमान दर, ट्र्याक स्टेप्स, खपत भएको क्यालोरीहरू गणना गर्न र व्यक्तिगत फिटनेस सिफारिसहरू पनि प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ ।

गोपनीयता र सुरक्षा सुनिश्चित गर्न उन्नत ईन्क्रिप्शन प्रविधि समावेश गरेको छ । एक्यूफिट म्याक्स जीटी अब ६ देखि १२ जुलाई अर्थात असार २१ गतेदेखि २७ गतेसम्म इकमर्श दराजमार्फत मात्र खरिदका लागि उपलब्ध रहेको छ ।

पहिलो १०० ग्राहकहरूले २ हजार ४९९ रूपैयाँमा खरिद गर्न सक्ने छन् । तर यसको वास्तविक मूल्य ४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।