कीवर्डहरू -

एन आईसी एशिया बैंकले सञ्चालनमा ल्यायो अनलाइनबाटै बिमा खरिद गर्न मिल्ने वेबसाइट

एन आईसी एशिया बैंकले सञ्चालनमा ल्यायो अनलाइनबाटै बिमा खरिद गर्न मिल्ने वेबसाइट

एन आईसी एशिया बैंकले अनलाइनबाटै कोरोना भाइरस सम्बन्धि बिमा लेख खरिद गर्न मिल्ने वेब पोर्टल सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले वेब पोर्टल मार्फत नवीनतम प्रयोग थालेको हो ।

जसमार्फत बैंकको मोबाइल बैकिङ एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एन आईसी एशियाको मोबाइल बैकिङ वा ईन्टरनेट बैंकिङबाट भुक्तानी गरी ग्राहकहरूले लकडाउनको अवधिमा सहज तरिकाले अनलाइनबाटै बीमालेख खरिद गर्न सक्ने छन् ।

सहज तथा सरल बैकिङको अंगीकार गरेको एन आईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो ।

बिमा पोलिसी खरिद गरेको १५ दिनपछि एकवर्ष सम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएमा बिमा दाबी गर्न सकिने छ । कोरोना भाइरस सम्बन्धि बिमा लेखलाई दुई श्रेणीमा बिमाङ्क गरिएको छ ।

पहिलो बिमालेख १ लाख रुपैयाँको बिमाङ्कको छ भने दोस्रो बिमालेख ५० हजार रुपैयाँको रहेको छ । १ लाख रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति एकहजार रुपैयाँ लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ ।

त्यस्तै ५० हजार रुपैयाँको बिमा लेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैया लाग्ने छ भने परिवार वा संस्थागत रुपमा बिमा गरिएमा प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ ।

एन आईसी एशिया बैंकले अनलाइनबाटै बिमा खरिद गर्न सकिने वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस ।