कीवर्डहरू -

एसइईपछि अब कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु

एसइईपछि अब कुन विषय पढ्ने ? यस्ता छन् अवसरहरु

\"\"

लेखक प्रा. डा. सुदन झा

भनिन्छ हरेक विद्यार्थीदेखि उनका आमाबुबासम्मलाई एसइई (यसअघि एसएलसी) भनेको नै भाविष्य निर्माण गर्ने मुख्य ढोका वा आइरन गेट हो । वास्तवमा भन्ने हो भने एसइई भनेको आइरन गेट नै हो र यसपछि ती विद्यार्थीले गर्ने पढाइका किसिमले नै उसको भविष्य निर्माण गर्दछ । तर अब एसइईपछि यी विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा +२ गर्ने हुन्, विद्यार्थीलगायत अभिभावकका लागि पनि उत्तिकै चिन्ता को विषय रहेको हुन्छ, यसै सन्दर्भमा यहाँ केही सल्लाह तथा सुझाव दिने प्रयास गरिएको छ ।

प्रथमतः ती विद्यार्थीहरुले उच्च पढाइ गर्नका निम्ति र एसइईदेखि +२ सम्म पुग्नका निम्ति छोटो समयका कोर्सहरु जसलाई “Bridge Course“ पनि भनिन्छ, त्यस्ता कोर्स गर्नु अति आवश्यक देखिन्छ । यसले पछि ती विद्यार्थीहरुलाई +२ मा गएर पठनपाठनमा ठूलो मद्दत पुग्ने छ । प्रायः ती विद्यार्थीहरुका लागि लगभग ३ महिनाको समय खालि रहेको हुन्छ र यस्ता ब्रिज कोर्स गर्नाले समयको पनि सदुपयोग हुने र +२ का लागि अभ्यास पनि हुने देखिन्छ । धेरै विद्यार्थीले ब्रिज काेर्स गरिसकेका पनि छन् । अब एसइर्इ परीक्षाकाे नतिजा केही दिनमा अाउने चर्चा छ ।

आजभोलिका विद्यार्थीहरु करिअरको मामिलामा निकै सचेत रहेको देखिन्छ । अहिलेलाई उनीहरुका लागि विज्ञान संकाय, व्यस्थापन संकाय, मानवीय संकायजस्ता प्रचलित कोर्सहरुका लागि आफ्नो रुचिअनुसार +२ रोज्न सक्छन् । तर त्यसपछिका उच्च तहका परीक्षाहरु जस्तै इन्जिनियरिङ, मेडिसिन आदिका लागि पनि त्यहीअनुरुप तयार पर्दै लैजानुपर्ने कुरा पनि उत्तिकै महत्वपूर्ण रहन जान्छ । त्यसैले एसइईपछि अगाडि बढ्नुभन्दा अगाडि ती विद्यार्थीहरुले निम्न कुराहरुमा ध्यान दिनु अति आवश्यक छ ।

१. लक्ष्य
हरेक विद्यार्थीको सानैदेखिको केही बन्ने सपना हुन्छ । प्रायः जसो आमाबुबाले तिनका सपना राम्ररी बुझेका पनि हुन्छन् । त्यसैले आमाबुबाको एउटा महङ्खवपूर्ण काम भनेको यदि उनका छोराछोरी डाक्टर पढ्न चाहन्छन् भने उनलाई +२ को विज्ञान र त्यसमा पनि बायोलोजी समूहमा भर्ना गराउनुपर्छ भन्ने कुराको ज्ञान हुनु जरूरी छ ।

२. उक्त कोर्सको भविष्य के त ?
आजभोलि डाक्टर र इन्जिनियरिङ गर्नेहरु थुप्रै भइसकेका छन् । काठमाडौंमा मात्रै ४५ वटा भन्दा बढी इन्जिनियरिङ कलेज र त्यसैगरी गल्लीगल्लीमा अस्पताल, नर्सिङ होम आदि खुलेका छन् । तर के सबै विद्यार्थीको चाहना भनेको डाक्टर र इन्जिनियरिङ नै हुन् त ? यसो सरसर्ती हेर्दा र यो लेखकले करिब ३० देखि ४० प्रतिशत एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुको मनोकांक्षा बुझ्न खोज्दा उनीहरु डाक्टर र इन्जिनियरिङभन्दा पनि कुनै नयाँ विषय गर्न चाहेको बताए र अझ विशेषगरी आजभोलि सबैको मुखमा रहेको आइटीसम्बन्धी नयाँ कोर्सहरु गर्न लालायित भएको अनुभव गरियो ।

३. क्षमता
कुनै पनि विद्यार्थीहरुले म यो विषय नै पढ्छु भन्दैमा उसले त्यो विषयमा दक्ष्यता हासिल गर्न सक्छ कि सक्दैन – यो कुरा जान्नु पनि उत्तिकै महङ्खवपूर्ण हुन जान्छ । किनभने कतिपय सन्दर्भमा कलेजले थुप्रै विद्यार्थी जोशका साथ भर्ना त गराउँछन् । तर, ती विद्यार्थी बीचमै पढाइ गर्न नसकेर अन्तै र अर्कै कोर्स पूरा गर्न जाने देखिएको छ । यस कुराको जिम्मेवारी लिने काम हो कलेज तथा त्यस्ता पठनपाठन गराउने संस्थाहरुको हो । यसका लागि उसले प्रवेश परीक्षाबाहेक विद्यार्थीको मनोबल आदि कुराहरु पनि जाँच गर्नुपर्छ ।

४. गलत अवधारणा
कतिपय विद्यार्थीहरुको सोच कस्तो हुन्छ भने सजिलो र सस्तो कोर्स गर्ने, जसमा मेहनत कम लागोस् र सजिलै पास पनि भइयोस् आदि । अझ कतिपयले त्यस्ता विषय रोज्नुको कारण के पनि भन्ने गर्छन् भने यो कोर्स पूरा गरेपछि व्यापारमा ठूलो सफलता पाइन्छ रे । त्यही भएर त्यो कोर्स रोजेको ? यो एकदमै गलत सोचाइ र अवाधरणा हो ।

नेपालमा एसइईपछि पढाइ हुने विषय के के हुन् त ?
१. प्लस टु
प्लस टु तहमा अध्यापन हुने विषय निम्नानुसार छन् ।

क. विज्ञान संकाय
प्रायः जसो विद्यार्थीहरुले रोज्ने विषय नै विज्ञान हो । यो विषय सकेपछि मात्रै उनीहरु डाक्टर र इन्जिनियरिङजस्ता स्नातक तहका कोर्स गर्न सक्षम हुन जान्छन् । यति मात्र नभई उनीहरु डाक्टर र इन्जिनियरिङबाहेक अरु पनि थुप्रै क्षेत्रमा जान सक्छन् । जस्तै नर्सिङ, पाइलट, फार्मेसिस्ट आदि । त्यसमाथि सरकारले पनि यससँग सम्बन्धित अन्य थुप्रै कोर्सहरुका लागि बाटो खुला गरिदिएकाले पनि यसको क्रेज बढेको हो ।

उदाहरणका लागि यदि कुनै विद्यार्थी डाक्टर पढ्न नपाएको खण्डमा मान्यताप्राप्त अन्य कोर्सहरु जस्तै B.Sc. (माईक्रोबायोलोजी, फर्माकोलोजी, मेडिकल टेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ, बायो केमिस्ट्री आदि कोर्स निसंकोच पढ्न पाउँछन् । यिनका बजारमा अभूतपूर्व रुपले जनशक्तिको माग पनि भइरहेको देखिन आएको छ । त्यस्तै गरी जो विद्यार्थी फिजिकल समूहमा भर्ना भएका हुन्छन् । उनका लागि त थुप्रै इन्जिनियरिङका कोर्स उपलब्ध छन् । जस्तै सिभिल, कम्प्युटर, मेकानिकल आदि ।

ख. व्यवस्थापन संकाय
यो संकायअन्तर्गत विद्यार्थीहरुले व्यापार, ट्रेड, लेखसम्बन्धी ज्ञान हासिल गर्छन् । यसको विशेषता भनेको यो विषयमा होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, मार्केटिङ, बिजनेस म्याथ आदि जस्ता व्यापारमा उल्लेखनीय रुपमा प्रयोग हुने विषयहरु पनि पढ्न पाइन्छ । त्यसपछि उनीहरुले आआफ्नो भविष्यका लागि कुन विषयमा क्यारियर बन्न सक्छ भन्ने आभास पाइसकेको हुनुपर्छ ।

ग. मानविकी संकाय
यो विषय माथि भनेका भन्दा अलि फरक छ । यसमा संस्कृति, मानवीय संसाधन, सामाजिक शिक्षा, नृत्य, संगीत, राजनीति, सामाजिक कार्यहरु, ग्रामीण क्षेत्रको विकास आदि पर्न जान्छ ।

२. ए लेभल
यो कोर्स युकेको क्याम्ब्रिज विश्वविश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएको कोर्स हो । आजभोलि प्रायःजसोको ध्यान यसमा बढ्दै गएको देखिन्छ । यो कोर्सअन्तर्गत विद्यार्थीहरुले थुप्रै विषयहरुमा पढ्न पाउने भएर पनि र आफ्नो रुचिअनुसारको विषयहरु पनि उनीहरुले पाउने हुनाले होला यसप्रति उनीहरुको आकर्षण बढ्दै गएको हो । यसको अर्को विशेषता भनेको कुनै पनि विद्यार्थीले फिजिक्स सँगसँगै सोसोलोजी पनि लिन सक्छन् । अर्थात् कुनै पनि संकायको कुनै पनि विषय उनीहरुले आफ्नो रुचिअनुसार लिन सक्छन् ।

३. आइबी (International Baccalaureate)
अर्थात् यो एउटा विनानाफाको संस्था हो, जुन १९६८ मा स्वीट्जरल्यान्डको जेनेभामा स्थापना भएको हो । यसका विषयवस्तुहरु अलि फरक छन् । यसमा अन्तरसंस्कृतिसम्बन्धी पढाइ हुने गर्छन्, जुन अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो मूल्य छ ।

४. शिक्षा
यो अलि फरक कोर्स हो, जुन माध्यामिक स्तरका विद्यार्थीहरुलाई लक्षित गरी बनाईएको हो । जो विद्यार्थी भविष्यमा शिक्षक नै हुन चाहन्छन्, उनका लागि यो कोर्स अति उपयोगी हुन सक्छ । यो कोर्स उच्च माध्यमिक विद्यालयहरुले मिलेर खोलेका हुन् । यसका लागि आवश्यकताअनुसार शिक्षा मन्त्रालयले शिक्षक प्रशिक्षण कार्यक्रम पनि राख्ने गरेका हुन्छन् ।

५. फरेस्ट्री
नेपालमा फरेस्ट्रीको क्षेत्रमा हेर्ने हो भने लाग्छ, नेपालीहरुले भन्दा विदेशीले बढी बुझेका छन् । लाखांै डलर फरेस्ट्रीमा लगानी भइसकेको अवस्थामा पनि हामी नेपालीहरुको योग्यताका कमीले गर्दा विदेशबाट मानिसहरु आएर यहाँ शोध गरिरहेको देखिन्छ । अथवा फरेस्ट्रीसँग सम्बन्धित काम गरिराखेको देखिन्छ । नेपालमा हाल २ वटा शैक्षिक संस्था छन्, जसले फरेस्ट्रीसम्बन्धी आधिकारिक रुपले पढाउने तथा मान्यताप्राप्त सर्टिफिकेट दिने गर्दछन् – एउटा हेटांैडा र अर्को पोखरामा । यो डिग्री हासिल गरेर तपार्इंले विदेशीले ल्याउने विभिन्न प्रोजेक्टहरुको फरेस्ट्रीसम्बन्धी विभिन्न कामहरुमा आफ्नो रोजगारी प्राप्त गर्न सक्नुहुन्छ र विचार गर्नुहोस् यो क्षेत्रमा दक्ष जनशक्तिको एक दमै कमी छ ।

६. होटेल व्यवस्थापन
नेपालले पर्यटकीय दृष्टिकोणले फड्को मार्दै छ । उदाहरणस्वरुप यसका लागि हरेक २÷३ दिनमा नयाँ ठूलाठूला होटेल तथा रिसोर्ट खुलिरहेको कुराबाट हामी सबै अवगत नै छौं । तर, ती होटेलहरुका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको भने अत्यन्त अभाव देखिन्छ । यो विषयसम्बन्धी कलेजहरु नेपालमै उपलब्ध छन् । पढाइ गर्न मिल्ने त्यस्ता कलेज नाथम (नेपाल एकेडेमी या टुरिजम एन्ड हस्पिटालिटी म्यानेजमेन्ट) एउटा हो, प्रवीणता प्रमाणपत्र तहको पढाइ हुने यो कलेजमा यो डिग्री हासिल गरिसकेपछि विद्यार्थी आफैले बुझ्नेछन् । यसको स्कोप कत्तिको रहेछ भनेर ।

७. संस्कृत
सुन्दा अचम्म लाग्ला किनभने आजको जेनेरेसन प्रविधितिर उन्मुख भइरहेको बेलामा यो संस्कृतको कुरा कहाँबाट आयो भनेर ? त्यसमा पनि लोप हुने अवस्थामा कसरी उल्लेख गरियो भनेर ? तपार्इं भाइबहिनीहरुलाई विश्वास लाग्दैन होला, जर्मनीमा मात्रै संस्कृतसँग सम्बन्धित १७ वटा विश्वविद्यालय छन् । अर्थात् नेपालमा यो विषयको महङ्खव जसरी न्यून भएर गएको छ, त्यही विषय नेपालबाहिरका देशहरुमा यसको महङ्खवले आकाश छोएको छ । कतिपय विदेशी देशहरुमा त यो विषय पढाइ नै हुन्छ र अझ कतिपय विदेशी भाषाहरु संस्कृतबाटै आएको भन्ने कुरा प्रमाणित भइसकेपछि त झन् यसमा ठूलो लगानी लाग्न थालेको छ । यस विषयमा ठूलो लगानीका साथ शोधहरु भइरहेका छन् ।

आउँदा दिनमा ती सबै शोधले नेपाललाई नै आफ्नो गन्तव्य बनाउने कुरामा दुईमत छैन । नेपाल नै मुख्य स्रोत हो भन्ने कुरा मानेर उनीहरुले भविष्यमा यही काम गर्ने प्रायः निश्चित छ । यो परिप्रेक्ष्यमा यो भाषामा ज्ञान हासिल गरेर दूरगामी अवसरलाई नियाल्न सकिन्छ । नेपालमै नेपाल संस्कृत विश्वविद्यालय छ जहा“ शास्त्र तथा संस्कृतसँग सम्बन्धित सम्पूर्ण पढाइ हुन्छ, एकपटक यसलाई पनि विचार गर्नुहोला ।

८. सिटिइभिटीअन्तर्गतका कोर्सहरु
मुख्यतः घरेलु तथा साना उद्योगहरुलाई टेवा दिने उद्देश्यले यो परिषद्को स्थापना गरिएको हो । नेपालमा हाल आएर घरेलु व्यवसाय धेरै नै फस्टाइसकेका छन् । त्यस्ता उद्योगमा विशेषगरी विपन्न तथा मध्यमवर्गीय परिवारका लागि टेवा होस् भनेर त्यस्ता कोर्सहरु सिटिइभिटीले अधिकारिक रुपले पढाउने गरेको छ ।

अझै पनि विपन्न तथा मध्यमवर्गीय परिवारकै बाहुल्य रहेको हाम्रो समाजका धेरै विद्यार्थीहरुका लागि यो विषय पढ्ने नपढ्ने अन्योलको अवस्था आउन सक्ने कुरा स्वाभाविक हो । तर विस्तारै देशमा विदेशी लगानी बढ्दै गएको अवस्था, राजनीतिक स्थिरता आएको बेलामा ठूलाठूला उद्योगहरु आउने सम्भावना प्रबल छ । कतिपय त सुरुवात पनि भइसकेका छन् ।

त्यतिबेला स्वरोजगारको सरकारी नीतिअनुरुप मौका पाउने भनेको देशभित्रकै योग्य तथा दक्ष जनशक्तिले नै हो, त्यतिबेला मात्रै थाहा हुन्छ, यसको महङ्खव के रहेछ भनेर । त्यसैले यो कोर्स गर्नु व्यर्थ जाँदैन ।

९. पोलिटेक्निक
माथि भनिएजस्तै सिटिइभिटीले नै सञ्चालनमा ल्याएको पोलिटेक्निक कोर्सको पनि भविष्यमा उत्तिकै स्कोप छ । हाल ५ वटा विकाश क्षेत्रहरुमा पाँचवटा पोलिटेक्निकसँग सम्बन्धित पढाइ हुने संस्था छन् । साधारण औषधिसम्बन्धी ज्ञानदेखि लिएर फार्मेसी आदि जस्ता कोर्सहरु यसमा गराइन्छ । दिनानुदिन मेडिकल कलेज, क्लिनिक, नर्सिङ होम आदिहरु खुलेको अवस्थामा यो कोर्सले सानो तर महङ्खवपूर्ण भूमिका खेल्ने पक्का छ । यस्ता जनशक्तिको आवश्यकता मात्रै होइन, अपरिहार्य हुन जाने प्रायः निश्चित छ ।

यसबाहेक कम्प्युटरसम्बन्धी डिग्री हासिल गर्न त थुप्रै संस्था छन्, जसले विभिन्न स्तरमा कोर्सहरु गरिरहेका छन् ।
यहा“ उल्लेखनीय विषय के हो भने हतारमा कुनै पनि विषय रोलिहाल्नुअघि विशेषज्ञसँग सही रायसल्लाह लिएर त्यो विषयको महङ्खव कत्तिको छ, भविष्यमा त्यसले कत्तिको रोजगारीमा टेवा पु¥याउँछ भन्ने कुरा बुझ्नु आवश्यक छ ।