कीवर्डहरू -

माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प हुँदै, निःशूल्क सहभागी हुन् सकिने

माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प हुँदै, निःशूल्क सहभागी हुन् सकिने

नेपाल क्लाउड प्रोफेसनल कम्युनिटीले काठमाडौंमा ग्लोबल माइक्रोसफ्ट ३६५ डेभलपर बुटक्याम्प आयोजना गर्ने भएको छ । यो बुटक्याम्प आगामी नोभेम्बर २१ अर्थात मंसिर ६ गते आयोजना हुने भएको हो ।

निःशूल्क सहभागी हुन् सकिने यस बुटक्याम्पमा माइक्रोसफ्ट ३६४ मा समावेश भएका प्रविधि र प्रडक्टका बारेमा छलफल हुनेछ ।

यो वर्षको बुटक्याम्प विश्वब्यापी रुपमा अक्टोबर १ देखि डिसेम्बर १५ सम्म आयोजना हुनेछ । माइक्रोसफ्टको सहयोगमा माइक्रोसफ्ट एमभीपी र कम्युनिटी लिडरहरुको नेतृत्वमा यस्तो बुटक्याम्प हुने गर्दछ ।

यस बुटक्याम्पमा सहभागी हुन् र थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।